काठमाडौं— अविरल वर्षापछि आएको बाढी र पहिरोमा परी मुलकभरि ८० जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार सोमबार दिउँसोसम्मको तथ्यांकअनुसार ३६ जना हराइरहेका छन् भने २५ जना घाइते भएका छन्।

flood Saptari disease

बाढी र पहिरोका कारण २ हजार ८४७ घर क्षतिग्रस्त भएका छन्। २१ हजार ४  सय ६५ जना विस्थापित भएका छन्।

शुक्रबारदेखिको अविरल वर्षाका कारण तराईमा बाढी र पहाडी जिल्लामा पहिरोले धनजनको क्षति पु¥याएको हो। 


प्रधानमन्त्रीको हवाई निरीक्षण


 नेपाली काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीको चपेटामा परेका सबैलाई आपत्कालीन सहयोग उपलब्ध गराउने कार्यमा कुनै कन्जुस्याइँ नगर्न स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् । 

आज पूर्वी पृतना मुख्यालय इटहरीमा पुगेर यस क्षेत्रमा बाढीले पु¥याएको क्षतिबारे नेपाली सेना तथा स्थानीय प्रशासनबाट जानकारी लिनुभएपछि प्र्रधानमन्त्री देउवाले आपत्कालीन सहयोग उपलब्ध गराउन निर्देशन दिएको हो |

प्रधानमन्त्री देउवाका साथमा रक्षामन्त्री भीमसेनदास प्रधान, गृहमन्त्री जर्नादन शर्मा तथा अन्य उच्च पदस्थ कर्मचारी छन् । 
प्रधानमन्त्रीसहितको टोली सुनसरी जिल्लाका बाढीपीडितको अवस्था, राहत वितरण, सुरक्षा व्यवस्था र पुनःस्थापनाका लागि भइरहेका कामबारे बुझ्न यहाँ आएको हो । 

इटहरीस्थित पूर्वी पृतना मुख्यालयमा पूर्वाञ्चलका बाढीपीडितको अवस्थाका विषयमा टोलीबाट जानकारी लिने काम भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले जानकारी दिए । 


टोली वर्षा र बाढीबाट प्रभावित भएका र डुबानमा परेका स्थानको हेलिकप्टरबाट निरीक्षण गरेर पूर्वी पृतनामा पुगेको बताइएको छ । 

यसैगरी, उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, वाणिज्यमन्त्री मीन विश्वकर्मा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीतेन्द्र देवसहितको टोलीले सुनसरी सदरमुकाम इनरुवा क्षेत्रमा बाढीले पु¥याएको नोक्सानीका विषयमा जानकारी लिन आजै अपरान्ह आइपुग्ने जानकारी सुनसरी प्रशासनले दिएको छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...