1478958692 banner ad format

 
 

भद्रपुर । हालै आएको बाढीका कारण झापामा कृषि क्षेत्रमा रु एक अर्ब छ करोड ८८ लाख ५५ हजार बराबरको नोक्सानी भएको छ । 

Floods loss of billions in Jhapa min

धानबालीतर्फ रु ८८ करोड ५५ लाख, माछापालनतर्फ रु पाँच करोड ६८ लाख ७५ हजार, रबरखेतीतर्फ रु चार लाख ८० हजार र तरकारीबालीतर्फ रु १२ करोड ६० लाख बराबरको नोक्सानी भएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत प्रकाश डाँगीले बताए । 

Floods loss of billions in Jhapa min

बाढीबाट सात हजार २६६ हेक्टर जग्गामा लगाइएको बालीनालीमा क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ । जिल्लाभरि क्षति बढ्न सक्ने बताइएको छ ।

बाढीले मेचीनगर, अर्जुनधारा, बिर्तामोड, भद्रपुर, कन्काई, शिवसत्ताक्षी, दमक, गौरादह नगरपालिका तथा बुद्धशान्ति, हल्दिबारी, कचनकवल, बाह्रदशी, झापा, गौरीगञ्ज र कमल गाउँपालिकामा क्षति पु¥याएको छ ।

प्रकासित मिति

Loading...

 

yummyfood