annapurna add

परराष्ट्र मन्त्रालयले अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिप्रति स्पष्टीकरण दिएको छ । मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक विषयसँग नजोडिएको बताएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक विषयसँग जोडिएको छैन र कसैको भावनामा चोट पुर्‍याउने आशयको पनि होइन ।’ ओलीले आइतबार भगवान राम भारतीय नभएको र असली अयोध्या वीरगञ्ज नजिकै ठोरीमा पर्ने दाबी गरेका थिए ।

ओलीको विवादास्पद निम्नस्तरको बोलीले नेपाल र भारतको सम्बन्धमा अपुरणीय क्षति पुगेको भन्दै आलोचना भएपछि र पार्टीभित्रै सच्याउन दबाब परेपछि सरकारको यो प्रष्टिकरण आएको हो।

प्रधानमन्त्रीले भानुभक्त जन्यतको अवसरमा बालुवाटारमै आयोजित कार्यक्रममा अयोध्या नेपालमै पर्ने र भारतले साँस्कृतिक अतिक्रमण गरेको अभिव्यक्ति दिएका थिए। यद्यपि परराष्ट्र मन्त्रालयले मंगलबार थप अध्ययन र अनुसन्धानको खाँचो औंल्याएको जिकिर गरेको छ।

उक्त अभिव्यक्ति कुनै राजनीतिक उद्देश्यका साथ नआएको र कुनै देशवासीको भावनामा चोट पुर्‍याउन व्यक्त नगरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

मन्त्रालयले विवाह पञ्चमी मनाउने परम्पराको स्मरण गर्दै हरेक वर्ष भारतको अयोध्याबाट सीताको जन्मभूमी जनकपुर आउने उल्लेख पनि आफ्नो विज्ञप्तिमा गरेको छ।

त्यस्तै दुई वर्षअघि नेपालको जनकपुर र अयोध्याबीच सिधा बस सेवा सञ्चालन गरेको स्मरण पनि गरिएको छ। ‘यी तथ्यले नेपाल भारतबीचको साँस्कृतिक सम्बन्धको महत्वलाई झल्काएको छ’, विज्ञप्तिमा उल्लेख गरिएको छ।

FM Realese

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...