1478958692 banner ad format

 
 

काठमाडौं- वैदेशिक रोजगारीमा जाने कामदारलाई आर्थिक भार थपिएको छ । नियमावली संशोधन गर्दै वैदेशिक रोजगार प्रवद्र्धन बोडले सोमबार देखि रकम बढाएको हो । 

Foreign employment workers

यसअघि वैदेशिक रोजगार कल्याणकारी कोषमा १ हजार रुपैयाँ जम्मा गर्नुपर्ने भएपनि सोमबारदेखि १५ सय र २५ सय पुगेको छ । तीन वर्ष भन्दा कम समयका लागि श्रम स्वीकृत लिनेले १५ सय र तीन वर्षभन्दा बढी समयका लागि श्रम स्वीकृत लिनेले २५ सय रुपैयाँ बुझाउनु पर्ने छ । 

यसअघि सबै कामदारले एक हजारका दरले बुझाउनु पथ्र्यो । वैदेशिक रोजगारका क्रममा ज्यान गुमाउनेका परिवार तथा अंगभंग भएकाले ७ लाख रुपैयाँ आर्थिक सहायता पाउने भएपछि रकम बढाइएको बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले बताउनुभयो । यस अघि तीन लाख दिईंदै आएको आर्थिक सहायता रकममा ४ लाख रुपैयाँ थपिएको छ । 

पछिल्लो समय वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या दैनिक २ हजार पुगेको छ । गएको आर्थिक वर्ष झण्डै ६ लाख ४० हजार युवा विदेशिएका छन् । विदेशबाट दैनिक ४ वटा शव नेपाल आउने गरेको छ । 

गएको आर्थिक बर्ष बोर्डबाट ९ सय ७२ जना मृतक तथा अंगभंग भएका कामदारका परिवारले २५ करोड ८५ लाख रुपैयाँ आर्थिक सहायता पाएका छन् । बोर्डले न्युनतम १५ हजारदेखि ३ लाख रुपैयाँ उपलब्ध गराउँदै आएको थियो ।

प्रकासित मिति

Loading...

 

yummyfood