1478958692 banner ad format

 
 

नवलपरासी । नवलपरासीस्थित नारायणी नदीमा पानीको बहाव घट्दै गएको छ ।

Gandak Barrage min

आइतबार राति खतराको संकेतनजिक पुगेको नारायणी नदीमा पानीको बहाव शनिबार बिहानबाट विस्तारै घट्दैै गएको छ ।

नदीमा पानीको बहाव ७.३ मिटर भएमा खतराको संकेत मानिन्छ । आइतबार राति करिब नदीमा पानीको बहाव ७.३ मिटर भएपनि  बिहान झरेर करिब ५.८६ मिटर भएको नवलपरासीका प्रजिअ उदयबहादुर रानामगरले जानकारी दिए ।

नेपालको बाटो हुँदै जाने भारतीय नहर बन्द गरिएको छ भने गन्डक ब्यारेजका सबै ढोका खोलिएपछि नदीको बहाव विस्तारै कम हुँदै गएको छ । अहिले गन्डक ब्यारेजका सबै ढोका खोलिएको अवस्था छ ।

अहिले नारायणी नदी आसपासका क्षेत्रमा समस्या देखिएको छैन । यद्यपि, जिल्लामा हुनसक्ने अप्रिय घटनालाई ध्यानमा राखी राहत र उद्धारलाई तयारी अवस्थामा राखिएको प्रजिअ रानाले जानकारी दिए ।

बाढी आउनेक्रम अझ बढ्दै गयो भने थप खतरा हुनसक्ने अनुमान गरिएको छ । नदीमा पानीको बहाव ८.४ मिटर पुगेमा उच्च जोखिम मानिन्छ ।

पहाडी क्षेत्रमा लगातार वर्षा हुँदा नारायणीमा पानीको बहाव खतराको संकेतनजिक पुगेको हो ।

यसैबीच, वर्षाका कारण नवलपरासीको राजमार्ग क्षेत्रका बजार, सदरमुकाम परासीसहित जिल्लाको ग्रामीण क्षेत्रका गाउँमा स्थानीयवासी प्रभावित बनेका छन् ।

सहरकेन्द्रितभन्दा ग्रामीण क्षेत्रमा वर्षाका कारण जनमानसको जीवनयापन थप कस्टकर बन्दै गएको छ ।

नारायणी नदीमा वन्यजन्तु फेला 
यसैगरी, नवलपरासीस्थित नारायणी नदीमा वन्यजन्तु फेलापरेका छन् । कुनै जीवित अवस्थामा, कुनै मृत अवस्थामा फेला परेका हुन् ।

नारायणी नदीमा पानीको बहाव बढ्दै गएपछि गैंडा, मृग, हरिण, जरायो, बँदेल, स्यालजस्ता वन्यजन्तु फेलापरेका हुन् ।

नारायणीमा बढ्दै गएको पानीमा बग्दै आएको एक गंैडा नारायणी नदीको १६ नम्बर ठोकरमा बाहिर निस्किन सफल भएको छ । जीवित फेल परेका वन्यजन्तुलाई प्रहरीमा बुझाइएको छ ।

ती सबै जनावर वर्षाको भेलका कारण राष्ट्रिय निकुन्जबाट पानीले बगाएर नारायणी नदी ल्याएको हो । तर, कति संख्यामा वन्यजन्तु बगाएर ल्याएको कुनै यकिन तथ्यांक भने छैन ।

सो गैंडा नर्सहीस्थित उखुबारीमा बसेको स्थानीयवासी आरपी उपाध्यायले जानकारी दिए ।

उपाध्यायकाअनुसार यसबाहेक मृग, हरिण, जरायो, बँदेल, स्यालजस्ता वन्यजन्तु फेलापरेका छन् । केही वन्यजन्तु मरेको अवस्थामा नदीमा देखिने गरेको पाइएको छ ।

प्रकासित मिति

Loading...

 

yummyfood