school ganesh news

हेटौंडा - हेटौंडा–१९ कुपावानीमा जापान सरकारको सहयोगमा निर्माण भएको गणेश आधारभूत विद्यालय हस्तान्तरण भएको छ । चारकोठे विद्यालय भवन, छात्रछात्रा शौचालयसहित स्टोर, प्रधानाध्यापक कक्ष र भान्साकोठा एक कार्यक्रमकाबीच हस्तान्तरण गरिएको हो ।


विद्यालय व्यवस्थापन समिति अध्यक्ष लालबहादुर रुम्बाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षा प्रमुख बद्रीबहादुर पाठक, जाइका परामर्शकर्ताको तर्फबाट जिल्ला आवासीय इन्जिनियर रोजेश गोविन्द श्रेष्ठ, निर्मल मावि वस्तिपुरका प्रधानाध्यापक प्रवोध विडारी, जिल्ला आयोजना कार्यान्वयन इकाईका इन्जिनियर सन्दिप अधिकारी, १९ नम्बर वडा सदस्य वागसिं स्याङ्तान, निर्माण कम्पनी स्वच्छन्द खानी बानियाँ जेभी निर्माण सेवाका तर्फबाट सागर भण्डारीलगायतको उपस्थिती थियो ।

निर्माण सेवाका तर्फबाट सागर भण्डारीले विद्यालयको साँचो जिल्ला आयोजना कार्यान्वयन इकाइका प्रमुख पाठकलाई हस्तान्तरण गरेका थिए । इकाइ प्रमुखले विद्यालय व्यवस्थापन समितका अध्यक्षलाई भवन हस्तान्तरण गरेका थिए । नवनर्मित भवनको उद्रुघाटन इकाई प्रमुख बद्रीबहादुर पाठकले गरेका हुन् ।

आधारभूत तहदेखि ५ कक्षासम्मका लागि आवश्यक फर्निचरसहितका सामग्रीसमेत गरी कूल एक करोड ७७ लाख २६ हजार ३०३ रुपैयाँको लागतमा निर्माण सम्पन्न भवनले कुवापानी क्षेत्रका बालबालिकाको गुणस्तरीय पढाईमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

विद्यालयका शिक्षक इन्द्र लामाले स्वागत गरेको कार्यक्रममा वडा सदस्य वागसिं स्याङ्तान, निर्मल माविका प्रधानाध्यापक प्रबोध बिडारी र इकाई प्रमुख पाठकले विद्यालयमा बालबालिकाको पँहुच, टिकाउ र सिकाइमा जोड दिदै हस्तान्तरण भएको भवनको सरसफाई र उचित व्यवस्थापनमा ध्यान दिन अनुरोध गरेका थिए ।

तामाङ वस्तीमा निर्माण भएको भवनमा विद्यार्थी रमाएर पढिरहेको र अभिभावक समेत खुसी भएको विद्यालयका प्रधानाध्यापक लालबहादुर रुम्बाले जानकारी दिए ।

विद्यालय पुनर्निर्माण अन्तर्गत मकवानपुर जिल्लामा जाइकाको ऋण सहयोगमा निर्माणाधीन ४१ विद्यालयमध्ये प्रथम चरणमा निर्माण थालिएका तीन विद्यालय यसअघि नै हस्तान्तरण भैसकेको छ ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...