annapurna add

66254523 1150041851847997 3165307669275738112 n

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य गंगा कार्की (विश्व)ले पार्टी भित्र देखिएको संघर्ष बहुमत र अल्पमतको नभएर सहि र गलतको भएको बताएका छन् । पत्रकार ऋषि धमलासंग एक टेलिभिजन अन्तर्वार्तामा उनले उक्त कुरा बताएका हुन् ।

सत्तारुढ दल नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएकै कारण केही बेर बसेर स्थगित भयो। र, पुनः अर्काे बैठक आज (शनिबार) दिउँसो १ बजे बस्ने निर्णय गरिएको छ। तर आजको बैठकमा पनि ओली जाने कि नजाने भन्ने कुरा अनिश्चित नै छ।

प्रचण्डले सचिवालय बैठकमा पेश गरेको राजनीतिक प्रस्ताव 'आरोपपत्र' भएको र त्यो फिर्ता हुनुपर्ने ओली खेमाका नेताले बताउंदै आएका छन् । तर अन्तर्वार्तामा बोल्दै कार्कीले उक्त प्रस्तावलाई आरोपपत्र नभएर आलोचनापत्र भएको बताएका छन् । उनले भने, 'जिवन्त पार्टीमा आलोचना हुन्छ त्यसैले दुवै अध्यक्षको प्रस्तावमा गम्भीर छलफलको आवश्यक छ' ।

सरकारले गरेका कतिपय काममा राष्ट्रिय एकता कायम भएको तर प्रधानमन्त्री एउटा सानो घेराबाट उठ्न नसकेको उनले बताए । नेपाली जनताले खुद्रा मसिना कुरा भन्दा पनि गुणात्मक परिवर्तन चाहेका छन् । जिर्ण बनेका हेटौडा कपडा कारखाना, गोरखकाली टायर उद्योगलाई संचालनमा ल्याएर रोजगारी सिर्जना गर्नु पर्ने उनले बताए । प्रचण्ड निकट मानिने कार्की कुनै पनि लाभको पद नलिने सिमित नेता भित्र पर्छन ।

हेर्नुहोस भिडियो :

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...