1478958692 banner ad format

 
 

सल्यान । अविरल वर्षाका कारण जिल्लाको बनगाड कुपिन्डे नगरपालिका–४ मा रहेको गर्चेबजार उच्च जोखिममा परेको छ । लगातार वर्षापछि गर्चे बजारनजिकै रहेको बागमारे खोलामा आएको बाढीका कारण बजार क्षेत्र कटान गरेपछि गर्चे बजार जोखिममा परेको हो । 

Garcebajara high risk

बाढीले गर्चे बजार रहेको क्षेत्र कटान गरेपछि घरहरु जोखिममा परेको स्थानीयवासी तुल्सीराम बुढाले जानकारी दिए  । वर्षा अझै नरोकिएकाले खोलामा बाढी बढेपछि बजार नै बगाउन सक्ने भएकाले बजार क्षेत्र खाली गरिएको बुढाले जानकारी दिए । हालसम्म गर्चेमा रहेका १० भन्दा बढी घर उच्च जोखिममा रहेको स्थानीयवासी दुर्गा विसीले जानकारी दिए । 

बाढीले बागमारे खोलाको किनारमा रहेका करिब ५०० रोपनीमा लगाइएको धानखेतीसमेत नष्ट पारेको छ । भर्खरै रोपाइँ गरेर सकिएका बेला बाढी आएर खेती नष्ट गरेपछि किसान चिन्तित भएको स्थानीयवासी रामसिंह विकले जानकारी दिए । 

जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने यस क्षेत्रमा आएको अविरल वर्षाका कारण बागमारे, वनगाडलगायतका खोलामा आउने बाढीले क्षति पु¥याउँदै आएको छ ।  

प्रकासित मिति

Loading...

 

yummyfood