1478958692 banner ad format

 
 

Gautam kantipath

बैतडी । मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएका पुर्चौडी नगरपालिकाका प्रवक्ता गौतमप्रसाद भट्टका परिवारलाई नगरपालिकाले १० लाख आर्थिक सहयोग गर्ने भएको छ ।

पुर्चौडी नगरपालिकाको बैठकमा शोक प्रस्ताव पारीत गर्दै वडा नं ४ का वडा अध्यक्ष समेत रहेका स्वर्गीय भट्टको परिवारलाई १० लाख दिने निर्णय गरेको हो । स्वर्गीय भट्टका छोरारछोरीलाई अध्ययन खर्च पनि प्रदान गरिने नगर उपप्रमुख जानकी बमले बताइन् ।

प्रत्येक वडा अध्यक्षको एक एक महिनाको पारिश्रमिक र पुर्चाैडी नगरपालिकामा कार्यरत कर्मचारीहरुको एक एक दिनको पारिश्रमिक जम्मा गरि अध्ययनन खर्च उपलब्ध गराउने निर्णय समेत भएका छ ।

वडा नं ४ को कार्यालयको अध्यक्षको जिम्मेवारी पनि वडा सदस्य लाल बहादुर धानुकलाई कार्यबहाक अध्यक्षको जिम्मेवारी दिइएको छ । नगरपालिकाको प्रवक्ताको जिम्मेवारी वडा नं ३ का वडा अध्यक्ष दल बहादुर धामीलाई जिम्मेवारी दिइएको छ र समाजिक विकास समितिमा वडा नं ६ का वडा अध्यक्ष जगि साउँदलाई जिम्मेवारी दिईएको पुर्चौडी नगरपालिकाले जनाएको छ ।

जेठ २९ गते बुधबार वडा कार्यालयबाट घर जादै गर्दा मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका भट्टको असार ५ गते कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।  नगरप्रवक्ता भट्टको मृत्युपश्चात पुर्चौडी नगरपालिकाले असार ५ गतेदेखि तीनदिन शोक मनाएको थियो ।

प्रकासित मिति

Loading...

 

ताजा खबर