Blood 2

काठमाडौं । काठमाडौंको भद्रकालीमा प्रदर्शनको क्रममा राँगाको ९ ड्रम रगत बगाउने ९ जना पक्राउ परेका छन् ।मोहन शमशेर राणा नेतृत्वको हिन्दराष्ट्र स्वयंमसेवक दलले निकालेको जुलुसको क्रममा प्रदर्शनकारीले ड्रममा बोकेका राँगाको रगत धमाधम पोख्न थालेपछि हस्तक्षेप गरेको थियो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले रगत पोख्ने कार्यमा संलग्न राणासहित ९ जनालाई पक्राउ गरिएको पुष्टि गरे ।

उनले पक्राउ परेकाहरुलाई हिरासतमा लिएर थप अनुसन्धान भइरहेको जानकारी दिए । राष्ट्रिय स्वयमसेवक दलले नेपाललाई हिन्दुराष्ट्र बनाउने पर्ने माग गर्दै सो प्रदर्शन गरेको बताइएको छ ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर