1478958692 banner ad format

 
 

अब गोदावरी नगरपालिकामा पनि बालमैत्री स्थानीय शासन अवलम्वन हुने र घोषणाको प्रक्रियामा अघि बढाउने नगर प्रमुख गजेन्द्र महर्जनले प्रतिबद्धता जनाएका छन् ।


नयाँ संरचनामा असार १७ गते सम्पन्न नगर स्तरीय बाल भेलाको क्रममा यस्तो टिप्पणी आएको हो । वडागत रुपमा बाल भेला पुरा गरी नगर प्रतिनिधि छनौट गरेर नगर स्तरीय बाल भेलाको तयारी गरीएको थियो ।

Goedavari Child gathering 4
बाल अधिकारका चारै खम्वा अन्तर्गतका सहभागिताको पाटो लाई ज्यादा ध्यान दिने नगर उप प्रमुख मुना अधिकारीले बताइन् । कार्यक्रममा नगर बाल सञ्जाल पनि गठन भएको थियो । नव गठित नगर बाल सञ्जाल लाई छुट्टै कार्यकक्षको ब्यवस्था गरिने र सक्रिय गराई राख्न नगरपालिकाले विभिन्न कार्यक्रमहरुमा बालबालिकालाई प्रेरित गराईराख्ने पनि नगरका निमीत्त कार्यकारी अधिकृत सन्त बहादुर बस्नेतले जानकारी दिए ।


नगर स्तरीय बाल भेलामा बालबालिकाहरुले आगामी आ.व ०७४ ÷०७५का लागि आफ्नो योजना आफै छानेका छन् ।
उक्त योजनाको प्राथमिकिकरण लाई नगरसभामा सम्वोधन गरिने कुरामा पनि ढुक्क रहन नगर प्रमुख गजेन्द्र महर्जनले आश्वासन दिएका छन् ।

Goedavari Child gathering 2
बालमैत्री स्थानीय शासन घोषणा हुनका लागि तहगत १६ खुड्कीला र ३९ सुचक पुरा हुनुपर्दछ, गोदावरी नगरपालिकामा केही मात्र सुचक पुरा गर्न बाँकी रहेको र धेरै पुरा भएपनि दस्तावेजीकरणको पाटो लाई सुधार्नुपर्ने कुरामा छलफल भएको बाल भेलाका सहजकर्ता कृष्णमुरारी पुडासैनीले बताए ।


कार्यक्रम गोदावरी नगरपालिकाले आयोजना गरेको थियो भने समन्वय सहनशिल दिदिबहिनी समुहले गरेको हो ।

प्रकासित मिति

Loading...

 

yummyfood