Hidden
विप्लवको क्रान्तिमा भ्वाङ परेको छ : गोकुल बास्कोटा
पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेत्रविक्रम चन्दको ‘क्रान्ति’मा भ्वाङ परेको दाबी गरेका छन् । काभ्रेपलाञ्चोकको धुलिखेलमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले चन्दले दावी गरेको क्रान्ति आजको आवश्यकता नभएकाले उक्त समूहका कार्यकर्ता नेकपामा सुरक्षित हुनुपरेको बताए ।
सोही कार्यक्रममा चन्द नेतृत्व समूहका छ दर्जन बढी कार्यकर्ता आज नेकपामा प्रवेश गरेका छन् । नेकपामा प्रवेश गर्नेमा धुलिखेल नगरपालिका–१० निवासी चन्द माओवादीका तामासालिङ विशेष व्यूरो सदस्य तथा तामाङ राष्ट्रिय मुक्तिमोर्चाका केन्द्रीय अध्यक्ष कान्छा तामाङ, खानीखोला गाउँपालिका–५ निवासी चन्दका जिल्ला सचिवालय सदस्य दलित मुक्तिमोर्चाका केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष रमेश नेपाली, चन्दाका जिल्ला सदस्य तथा अखिल नेपाल महिला क्रान्तिकारी सङ्घको जिल्ला अध्यक्ष सम्झना परियारसहित ७५ छन् ।
“ध्वंशात्मक क्रान्ति आजको आवश्यकता होइन, तपाईँको क्रान्तिमा भ्वाङ परिसक्यो, अब तपाईँ पनि नेकपामा प्रवेश गर्नुप¥यो”, उनले भने । प्रतिनिधिसभा सदस्य एवं नेकपाका केन्द्रीय सदस्यसमेत रहनुभएका बाँस्कोटाले विकास–क्रान्तिको निरन्तरता आजको आवश्यकता भएको औँल्याए ।
प्रकासित मिति