1478958692 banner ad format

 
 

गोरखा । गोरखाको धार्चे गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवार सन्तबहादुर गुरुङ (सन्तोष) र फूलमाया गुरुङ क्रमशः प्रमुख र उपप्रमुख पदमा विजयी भएका छन । नेकपा (एमाले) र नयाँ शक्ति नेपाल पार्टीबीच तालमेल भई प्रमुख पदमा लडेका नयाँ शक्तिका लक्ष्मण गुरुङ पराजित भए। 

Gorkha Dharche Congress and Shid Lakhan Maoists victory

प्रमुख पदमा विजयी सन्तबहादुरले एक हजार ७०९ मत ल्याए भने निकटतम प्रतिद्वन्द्वी नयाँ शक्तिका लक्ष्मणले एक हजार ६५६ मत प्राप्त गरे उपप्रमुखका काँग्रेसकी फूलमायाले एक हजार ५९५ मत ल्याइन भने नेकपा (माओवादी केन्द्र)की आशा गुरुङले एक हजार १२८ मत प्राप्त गरी पराजित भइन  । 

माओबादीले खाता खोल्यो 

नेकपा (माओवादी केन्द्र)ले सहिद लखन गाउँपालिकाको प्रमुख र उपप्रमुखमा जितेर गोरखामा विजयको खाता खोलेको छ । प्रमुखमा रमेश थापाले तीन हजार ८०८ मत ल्याए भने निकटतम प्रतिद्वन्द्वी काँग्रेसका कृष्णबहादुर आलेले तीन हजार ४०४ मत प्राप्त गरे । 

यस्तै, उपप्रमुखमा माओवादी केन्द्रकी इन्दिरा तिवारीले तीन हजार ७९८ मत प्राप्त गर्नुभयो भने निकतटम प्रतिद्वन्द्वी काँग्रेसकी शर्मिला श्रेष्ठले तीनहजार ५७५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

यसअघि चुमनुब्री, सिरानचोक, अजिरकोट र गण्डकी गाउँपालिकामा काँग्रेसले विजय हासिल गरिसकेको छ । भीमसेन, आरुघाट, सुलिकोट गाउँपालिकामा मत गणना भइरहेको छ । यस्तै, गोरखा नगरपालिका र पालुङटार नगरपालिकामा पनि मतगणना भइरहेको छ ।

प्रकासित मिति

Loading...

 

yummyfood