1478958692 banner ad format

 
 

रसुवा । तीर्थस्थल गोसाइँकुण्ड जाँदा लेक लाग्ने समस्या हल गर्ने औषधि साथमा राख्न चिकित्सकले सुझाव दिएका छन् । 

Gosaikunda min

जिल्ला अस्पतालका मेडिकल अधिकृत डा कमल पोखरेलका अनुसार उचाइ चढ्दा लौरिविनायकभन्दा माथि लेक लाग्ने समस्या आउन सक्ने भएकाले घरबाट गोसाइँकुण्ड स्थान निस्कनुपूर्व नै एसिटाजोल अनाइड चक्की साथमा राख्न सुझाव दिइएको छ । 

सो औषधिले फोक्सोमा पानी जम्न नदिने बताउँदै डा पोखरेलले दुई चार चक्की सिटामोल, दुई चार पोका जीवनजल र पानीको बोतल बोक्न सल्लाह दिए। 

गोसाइँकुण्ड समुद्री सतहदेखि १४ हजार सय फिटको उचाइमा पर्छ । सत्ययुगमा समुद्रमन्थनपछि उत्पन्न हलाहल कालकूट विषले संसार दग्ध गर्न लागेकाले शिवले त्यसलाई सेवन गर्दा डाह भई जिउ शान्त बनाउन पार्वतीको माइत हिमालयतर्फ लागेका शिवले पहिले वेत्रावती र पछि नीलाद्रि पर्वतमा त्रिशूल गाडी पानी पिएका थिए । त्यतिले पनि शान्त नभएपछि उनी तीनधारेबाट बगेको पानीबाट निर्मित कुण्डमा शयन गरेका थिए । कुण्डमा अझै पनि शिव लेटिरहेको अवस्थामा देख्न सकिने विश्वास छ । 


यात्रामा बाक्लो स्विटर र कानेटोपी लगाउँदा तथा बेला बखत वीरेनून, मरिच, ज्वानु, पाचक र लसुन खाँदा शारीरिक अवस्था यथास्थानमा राख्न सहज हुने धैबुङका पण्डित टंकप्रसाद ढकालले बताए । 

गोसाइँकुण्डमा दशहरा र रक्षाबन्धनका बेला ठूलो मेला लाग्छ । यस वर्ष यही साउन १३ गते नागपञ्चमी(जनैपूर्णिमा) परेको छ । सो दिन स्नान र पूजाराधना गर्दा गोसाइँबाबालगायत सम्पूर्ण देवदेवताको दर्शन मिल्ने धार्मिक विश्वास छ । 

पूजाआजाका लागि भने तामाको दियो, बसाहा, बत्ती, धुप, जौतिल, जटा नरिवल, श्रीखण्ड वा केशरी, गाईको घिउ र बेलपत्रका साथै वस्त्र प्रयोग गरिन्छ ।

प्रकासित मिति

Loading...

 

yummyfood