1478958692 banner ad format

 
 

काठमाडौँ - नेपाल पत्रकार महासंघको अध्यक्षमा गोविन्द आचार्य निर्वाचित भएका छन् ।

Govind Acharya

काठमाडौंमा भएको २५ औं महाधिवेशनमा तीर्थ प्यानललाई १ सय ५ मतले पराजित गर्दै आचार्य निर्वाचित भएका छन् । आचार्यले ७३२ र कोइरालाले ६२७ मत पाए । अध्यक्षका अर्का उम्मेदवार उजीर मगरले ५४, ईन्द्रबहादुर राउतले २० र भावना विद्रोहीले ६ मत पाइन् ।

पदाधिकारीमा पनि पूरै आचार्य समूह निर्वाचित भएको छ ।

उपाध्यक्ष खुल्लामा विपुल पोखरेल, समावेशी उपाध्यक्षमा दिलिप थापामगर, महासचिवमा रमेश विष्ट, सचिवमा रामप्रसाद दाहाल, महिला सचिवमा लक्ष्मी पुन, आदिवासी जनजाति सचिवमा उदय जीएम, मधेसी सचिवमा शीतलप्रसाद महतो, दलित सचिवमा रेमबहादुर विश्वकर्मा, एसोसिएसट सचिवमा प्रकाश थापा, कोषाध्यक्षमा राजेश मिश्र र लेखा समिति संयोजकमा रोशन पुरी निर्वाचित भएका छन् ।

नवनिर्वाचित आचार्य प्रेस सेन्टर समर्थित हुन् । उनी यसअघि पनि पत्रकार महासंघको उपाध्यक्ष भइसकेका थिए ।

महाधिवेशनमा यसपटक कांग्रेस निकट प्रेस युनियन र माओवादी केन्द्र निकट प्रेस सेन्टरसँग एमाले निकट प्रेस युनियनलगायत साना संगठनले प्रतिस्पर्धा गरेका थिए ।



http://bit.ly/2wyO5Bd

प्रकासित मिति

Loading...

 

yummyfood