1478958692 banner ad format

 
 

काठमाडौं – चिकित्सा शिक्षा ऐन संसदबाट तत्काल पारित गर्नुपर्ने लगायत माग गर्दै डा. गोविन्द केसी ११ औँ पटक अनसन बसेको ११ दिन भएको छ । यसबिचमा पटकपटक वार्ता भएपनि कुनै निचोड भने निस्कन सकेको छैन । 

Govinda KC min1

सरकारले डा. केसीका माग पूरा गर्न प्रतिवद्ध रहेको बताएपनि वार्तामा उहाँले उठाएका माग पूरा गर्ने तयारीका साथ नआउने गरेको केसी पक्षका वार्ता टोलीका सदस्यले बताएका छन् । केही संसादले नै शिक्षा ऐन संसादमा नियतवश रोकेको उनीहरुको आरोप छ ।

सरकारले स्वास्थ्यको ख्याल गर्दै अनसन तोड्न पनि आग्रह गरेको गरेपनि तर डा.केसीले चिकित्सा शिक्षा ऐन संसदबाट पारित नभएसम्म र त्रिभुवन विश्वविद्यालयले आइओएमको अधिकार फिर्ता नगरेसम्म कुनै हालतमा अनसन नतोड्ने अडान लिएका छन ।

यसैबिच अनसनरत डा. केसीका मागमा समर्थन जनाउँदै त्रिवि शिक्षण अस्पतालका आवासीय डाक्टरले बिहीबार पनि ओपिडी सेवा बहिष्कार गरेका छन् । नेशनल रेजिडेन्ट डक्टर्स एसोसिएसनको आह्वानमा आवासीय डाक्टरले ओपिडी सेवा बहिस्कार गरेका हुन् ।

यस्तै शिक्षण अस्पतालका डाक्टर र स्वास्थ्यकर्मीले पनि केसीको मागमा समर्थन जनाउँदै कालो पट्टी बाँधेर काम गरिरहेका छन् । 

प्रकासित मिति

Loading...

 

yummyfood