1478958692 banner ad format

 
 

काठमाडौं– १५ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ। अनशनका कारण शरीर कमजोर र गल्दै गएकाले डा. केसीको मिर्गौला, कलेजो, मुटु, फोक्सोजस्ता महत्वपूर्ण अंगमा जुनसुकै बेला गम्भीर खतरा आउने सम्भावना बढेको छ। 

gobinda1

डा. केसीको स्वास्थ्यको नियमित जाँच गरिरहेकी डा. दिव्यासिंह शाहका अनुसार डा. केसीको शरीरका महत्वपूर्ण अंग सञ्चालनमा आवश्यक पर्ने इलेक्टोलाइडको मात्रा घटेको छ। ‘उहाँको शरीरमा जतिबेला पनि खतरा हुन सक्ने अवस्था आइसकेको छ,’ उनले भनिन्, ‘शरीरमा इलेक्टोलाइड, अक्सिजनको मात्रा कम हुँदै गइसकेको छ।’

डा. शाहका अनुसार डा. केसीको रक्तचाप पनि निकै तल झरिसकेको छ। डा. केसीको शरीरमा सुगर र सेता रक्तसेलको मात्रा पनि घट्दै गइरहेको छ।

प्रकासित मिति

Loading...

 

yummyfood