annapurna add

काठमाडौं । लेखक तथा राष्ट्रिय जागरण मञ्चका संयोजक गुणराज लोहनीलाई प्रहरीले चितवनबाट गिरफ्तार गरेको छ । सोमबार बाटोमा हिडिरहेका बेला लोहनीलाई अपहरण शैलीमा प्रहरीले गिरफ्तार गरेको छ।

gunaraj KANTIPATH

लोहनीलाई के कति कारणले गिरफ्तार गरेको हो भन्ने विषयमा प्रहरीले केहि जानकारी नदिएको उनकाे परिवारले जनाएकाे छ ।

लोहनीलाई सोमबार दिउसो चितवनबाट समातेर जिल्ला प्रहरी कार्यालय चितवनमै राखिएको बुझिएको छ । लोहनी विद्रोही नेपाल कम्युनिष्ट पार्टीका पूर्व केन्द्रीय सदस्य समेत हुन् ।

बिगत लामो समयदेखि अस्वस्थ रहेका लोहनीले स्वास्थ्यकै कारण केहि समयअघि मात्रै नेकपाको केन्द्रीय समितिबाट बिदा लिएका थिए ।

उनलाई यसअघि पनि गत असोजमा चितवन प्रहरीले गिरफ्तार गरेको थियो । त्यसबखत पनि उनी १३ दिन हिरासतमा बसेका थिए ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर