1478958692 banner ad format

 
 
काठमाण्डौ- नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेकपा निकट क्रान्तिकारी जनपरिषद बाराले जिल्ला वन प्रमुख ज्ञानेन्द्र मिश्रमाथि कारवाही गरेको छ ।
 
गत बिहीबार एक विज्ञप्ति जारी गर्दै परिषदले सो कुराको जानकारी गराएको हो ।
 
परिषदले उनी माथी विभिन्न साझेदारी वनहरुसँग घुस- कमिसन मागेको, व्यापारी एवम ठेकेदारहरुसित साँठगाँठ गरी उपभोक्तालाई काठ नदिएको, वन हेरालु कर्मचारीको तलव रोकेको,
कमिसन खाइ गिट्टी, बालुवा र ढुंगा खानी सञ्चालन गर्न अनुमति दिइ प्राकृतिक सम्पदाको दोहन गर्न दिएको जस्ता आरोप लगाईएको छ ।
 
स्थानीय जनताबाट गुनासाहरु आएकोले उचित छानबिन गरी उनलाई कारवाही गरिएको जनपरिषद बाराका उपप्रमुख देवानन्दद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।
 
विज्ञप्तिमा कारवाहीको स्वरुपबारे भने खुलाइएको छैन । कहाँ, क-कससित बन प्रमूख मिश्रले अनियमितता गरे भन्नेबारे पनि विज्ञप्तिमा छैन । मिश्र सर्लाहीको सागरनाथ बन परियोजनादेखि नेकपाको आँखामा परेका बन अधिकृत हुन् । उनले बन क्षेत्रको संरक्षणका लागि उल्लेखनीय कार्य गरेको सरकारी मूल्यांकन थियो भने उनले सुकुम्बासीहरूको बिल्लीबाठ बनाएको आरोप नेकपाले पहिला पनि लगाएको थियो । बिभिन्न सरकार निकट सञ्चार माध्यम हिरो बनाएका मिश्र दलालसित मिलेको उसको आरोप थियो ।

प्रकासित मिति

Loading...

 

yummyfood