ete kantipathnews

गत जेठ ६ गते देखी हराइहेकी बाजुराको हिँमाली गाउँपालिका(१ की एक किशोरी अढाई महिनापछी मृत फेला परेकी छन् । 

हिमाली गाउँपालिकाको केन्द्र धुलोचौरको नजिकै कर्णाली किनाराको जंगलमा १६ बर्षीया बासमति भण्डारीको कंकाल फेला परेको छ ।

बासमति गत जेठमा भएको गाउँपालीका स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता खेल्न धुलाचौर आएको बेला बेपत्ता भएकी थिइन् । उनको लगाएका कपडा र जुत्ताबाट आफ्न्तले पहिचान गरेका हुन् ।

एनसेल टावर आगजनी गरेको आरोपमा पक्राउ


गत साउन १५ गते पर्वत जिल्लाको मोदी गाउँपालिका–५ तिलाहारमा एनसेलको टावरमा भएको आगजनीमा संलग्न भएको आशङ्कामा विप्लव समूहका एक कार्यकर्ता पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्वतले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ता प्रकाशजङ्ग लामिछानेलाई शनिबार नियन्त्रणमा लिएको हो । टावरमा आगजनी गर्नेको खोजी गर्ने क्रममा टावर रहेकै वडा निवासी लामिछानेमाथि शङ्का रहेकाले उनलाई घरबाट नै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए ।

साउन १५ गते तिलाहारको थानाकोट मन्दिरको डाँडामा रहेको उक्त एनसेलको टावरमा आगजनी भएको थियो । आगलागीबाट टावरको केही भाग जलेर क्षति भएको थियो । टावरमा कसले आगजनी गरेको भन्नेबारेमा थाहा नभए पनि विप्लव समूहको संलग्नता रहेको अनुमान गरेर संलग्न व्यक्तिको खोजी गरिएको प्रहरी निरीक्षक रायमाझीको भनाइ छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...