tealaya add

जुम्ला । गोठीचौर गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का हरिबहादुर भण्डारी विजयी भएका छन् । 

jumla district min

भण्डारी प्रदेश नं ६ अन्तर्गत सम्पन्न निर्वाचनमा विजयी हुने पहिलो अध्यक्ष हुन् । भण्डारीले खसेको तीन हजार ९६६ मतमध्ये एक हजार ५९६ मत ल्याएर विजयी  भएको निर्वाचन अधिकृत मोहनसागर बस्यालले जानकारी दिए। उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का क्षेत्रबहादुर भण्डारीले एक हजार ४६७ मत ल्याएर पराजित भए । 

त्यस्तै उपाध्यक्षमा पनि माओवादी केन्द्रकै जानुदेवी ऐडीले एक हजार ५८६ मत ल्याएर विजयी भएकि छिन । उपाध्यक्षमा उनका प्रतिद्वन्द्वी धनरुपा बुढाले एक हजार ३६५ मत ल्याएकि थिइन्  । 

गोठीचौर १, २ र ३ को वडा अध्यक्षमा क्रमशः नेकपा (एमाले)का गणेश ऐडी, पृथ्वीबहादुर बुढा, प्रेमबहादुर बुढाले विजय हात पारेका छन । त्यसैगरी, ४ र ५ नं वडाको वडाध्यक्षमा माओवादी केन्द्रका जगप्रसाद जैसी र चन्द्रबहादुर नेपालीले जित हासिल गरेको निर्वाचन अधिकृत बस्यालले बताए । उक्त गाउँपालिकामा कुल जम्मा चार हजार ८२३ मतदाता सङ्ख्या थियो ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर