1478958692 banner ad format

 
 

काठमाडौं। पाटन उच्च अदालतमा स्थानीय तहको निर्वाचनमा आफूलाई बद्नियतपूर्वक हराइएको उल्लेख गर्दै ललितपुर महानगरपालिकामा एमालेबाट प्रमुखको उम्मेदवार बनेका हरिकृष्ण ब्यञ्जनकारले मुद्दा दर्ता गरेका छन् ।

HariKrishna byanjanakara uml lalitpur

मतगणनाकै समयमा दिइएको पटक–पटक निवेदनको सुनुवाइ नभएको, गणनाकार्यमा संलग्न कर्मचारीले धाँधली गरी कम्प्युटर ‘इन्ट्री’को समयमा मत हेरफेर गरेका विषयमा रुजुसम्म गर्न नदिएको आरोप लगाइको छ ।

आफ्ना गणना प्रतिनिधिलाई मुचुल्कामा हस्ताक्षरसमेत नगराइ एकतर्फी एकलौटीरुपमा मतगणना गरेको आरोप लगाइएको छ भने महानगरको वडा नम्बर–१, २, ४, ९ र २६ को गणनामा विवाद भएको र आफ्नो सहमतिबेगर आयोग कर्मचारीले पेलेर जाने नीति लिएर आफूलाई अन्यायमा पारेको मुद्दामा उल्लेख छ ।

मुद्दाको शुक्रबार पेसी तोकिएको छ ।

प्रकासित मिति

Loading...

 

yummyfood