पाँचथर - एन.एम.बी. माइक्रोफाइनान्सको हिलीहाङ–३ गोपेटार स्थित शाखामा कार्यरत पाँचथरको हिलीहाङ गाँउपालिका वडा नं. ६ सिटे भन्ने स्थानमा एक कर्मचारीको हत्या गरिएको अवस्थामा शव फेला परेको बताईएको छ ।

hatya

एन.एम.बी. माइक्रोफाइनान्सको हिलीहाङ–३ गोपेटार स्थित शाखामा कार्यरत इलाम घर भएकी अन्दाजी २० वर्षीया सुजाता तामाङको शव खुकुरी प्रहार गरी हत्या भएको अवस्थामा आज साँझ ६ शव बजे फेला परेको हो । जंगलको वीचमा रहेको बाटोमा घाँटीमा धारिलो हतियार प्रहार भएको अवस्थामा तामाङको शव फेला परेको बताईएको छ 

घटनास्थलमा रहेका जोरपोखरी प्रहरीले हत्या भएको अवस्थामा तामाङको शव फेला परेको जानकारी दिएका छन । घटनाबारे अनुसन्धानका लागि प्रहरी टोली घटनास्थलमा पुगेको बताईएको छ ।

अनुसन्धानपछि हत्याबारे थप कुरा भन्न सकिने प्रहरीले वताएका छन । 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर