1478958692 banner ad format

 
 

हेटौँडा । हेटौँडा उपमहानगरपालिका– ९ र १० मा नेकपा (एमाले) विजयी भएको छ । 

hetauda min

वडा नं ९ को वडाध्यक्षमा एमालेका लक्ष्मणप्रसाद भण्डारी एक हजार ६७० मत ल्याई विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विश्वराज नेपालले ७९१ मत प्राप्त गरे । सो वडामा एमालेको पुरै समूह विजयी भएको छ । 

यस्तै सो उपमहानगरपालिकाको वडा नं १० को वडाध्यक्षमा पनि एमालेका कितापसिंह लामा ४८० मत प्राप्त गरी विजयी भएका छन । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका कालु घलानले ४८० मत प्राप्त गरे | 

हेटौँडा उपमहानगरपालिकाको १९ मध्ये १८ वटा वडाको मतगणना सकिएको छ । अहिले वडा नं ११ को मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नगर प्रमुखमा एमालेका हरिबहादुर महतले २१ हजार ५९३ तथा काँग्रेसका आनन्दराम पराजुलीले २१ हजार ८८ मत प्राप्त गरेका छन । 

यस्तै उपप्रमुखमा एमालेकी मीना लामाले २१ हजार ७९० तथा माओवादी केन्द्रका बलराम बलले १५ हजार ९०२ मत प्राप्त गरेका छन ।

प्रकासित मिति

Loading...

 

yummyfood