हेटौँडा - न्यू मिडिया एकेडेमी प्रालिको आयोजनामा हुन लागेको दोस्रो हेटौंडा जर्नालिजम अवार्ड —२०७६ को उत्कृष्ट ३ मनोनयन आज हेटौंडामा पत्रकार सम्मेलन गरि सार्वजानिक गरेको छ । 

2nd journalist award

११ विधामा वर्ष ०७५ मा कार्य गरेका मकवानपुरका सञ्चारकर्मीहरु मध्येका ३ जनाको नाम सार्वजानिक गरिएको थियो । उक्त नाम प्रालिका अध्यक्ष एंव अवार्ड कार्यक्रमका संयोजक मणिराज गौतमले सार्वजानिक गरेका थिए ।

यहि जेष्ठ २५ गते हेटौंडामा हुने अवार्ड कार्यक्रममा अवार्डसंगै ११ जना पत्रकारहरुलाई नगद राशीसहित सम्मान गर्ने अध्यक्ष गौतमले बताए ।

उत्कृष्ट खेलकुद पत्रकारिता वर्ष अवार्ड —२०७६ मा साझाकुरा दैनिकका सुवास विडारी, एभिन्युज टेलिभिजनका राजन दाहाल र जनता टेलिभिजनका पुष्पराज अधिकारी रहेका छन् । त्यसैगरी उत्कृष्ट चलचित्र पत्रकारिता वर्ष अवार्ड —२०७६ मा टिम टेलिभिजनका कपिल खड्का, नागरिक दैनिकका अशोक सुजन श्रेष्ठ, हेटौंडा खबर डटकमका रविन्द्र गौतम रहेका छन् ।

उत्कृष्ट आर्थिक पत्रकारिता वर्ष अवार्ड —२०७६ मा साझाकुरा दैनिक र कारोबार दैनिकका केशव समपर्ण, हेटौंडा सन्देश दैनिक र नयाँ पत्रिका दैनिकका सुदीप सिवाकोटी र लालखबर डटकमका राज सापकोटा रहेका छन् ।

उत्कृष्ट खोज पत्रकारिता वर्ष अवार्ड —२०७६ मा न्युज २४ का देवराज पन्त, अन्नपूर्ण पोष्ठ दैनिकका कृष्ण सारु मगर र समृद्ध समाज दैनिकका विवस अधिकारी रहेका छन् । यस्तै उत्कृष्ट सम्पादक वर्ष अवार्ड —२०७६ हेटौंडा एफएमका एमपी शर्मा, रेडियो थाहा सञ्चारका दुदुमाया सिन्तान र साझाकुरा दैनिकका सुवास विडारी रहेका छन् ।

 उत्कृष्ट अनलाईन पत्रकारिता वर्ष अवार्ड —२०७६ खबरब्रेक डटकम धर्मेन्द्र दाहाल, तु खबर डटकमका बलराम पुडासैनी, प्रष्टखबर डटकमका सुनिल सिवाकोटी, उत्कृष्ट प्रस्तोता वर्ष अवार्ड —२०७६ रेडियो थाहा सञ्चारका दर्शन क्षेत्री, हेटौंडा एफएमका उषा थामी र टिम टेलिभिजन धिरज ढकाल रहेका छन् ।

उत्कृष्ट सामाजिक पत्रकारिता वर्ष अवार्ड —२०७६ मा समृद्ध समाज दैनिक प्रिया पौडेल, रेडियो मकवानपुर र प्रदेश दैनिकका गणेश अधिकारी र समृद्ध समाजका अमृत चिमोरिया रहेका छन् । 

त्यसैगरी नव उदयमान पत्रकार वर्ष अवार्ड —२०७६ मा रेडियो थाहा सञ्चारका सृजना नेपाल, हेटौंडा सन्देश दैनिकका मानवी बानियाँ र भुगोल न्यूज डटकमका उज्जवल अधिकारी छन् भने उत्कृष्ट पूरुष पत्रकार वर्ष अवार्ड —२०७६ मा अन्नपूर्ण पोष्ठ र एपि वान टेलिभिजनका कृष्ण सारु मगर, कान्तिपुर टेलिभिजनका बालकृष्ण अधिकारी, र राजधानी दैनिकका ध्रुव अधिकारी, उत्कृष्ट महिला पत्रकार वर्ष अवार्ड —२०७६ मा टिम टेलिभिजन नानीमाया सापकोटा, राजधानी दैनिकका सरिता दाहाल र छहारी नेटवर्क सरला अधिकारी रहेका छन् ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर