tealaya add

काठमाडौं ।  पूर्वपश्चिम राजमार्गको जंगल क्षेत्रमा बसमा लुटपाट गर्ने गिरोहलाई पक्राउ गरिएको छ । प्रहरी गत शुक्रबार बिहान बारा जितपुर सिमरा उपमहानगरपालिका-१६ चौधकिलोस्थित बसमा लुटपाट गर्ने सातजना गिरोहलाई पक्राउ गरेको छ ।

arrest thief

पक्राउ पर्नेमा सर्लाही हरीवनका दिल कुमार दोङ, विजय लामा, सिन्धुली हरीहरपुरका टाइगर भन्ने सुनिल तामाङ, रौतहट गुजरका ज्ञान बहादुर थिङ रहेका छन् । यस्तै काभ्रे महाभारतका विशाल पाख्रिन, बर्दिबासका सन्तोष भन्ने रमेश कुमार र सिन्धुली मरीनका संघर्ष थिङ रहेका छन् ।

सीआईबीका प्रतिनिधि भन्दै गाडी चेकजाँच गर्ने बाहनामा उनीहरुले गरेका थिए ।  उनीहरुले गाडीमा सुन ओसार-पसार हुन लागेको सूचना पाएको र लुटपाट गरेको प्रहरी अनुसन्धानका क्रममा खुलेको बताएको छ । 

 

काठमाण्डौंबाट महोत्तरी जलेश्वरको लागि आउँदै गरेको रात्रिकालिन यात्रुबाहक बसलाई मोटरसाइकलमा आएको लुटेरा समूहले लुटपाट गरेको थियो । यात्रुबाहक बसलाई नियन्त्रणमा लिई बसमा रहेका परिचालकलाई कुटपिट गरी नगद ४५ हजार नगद र दुई हजार भारतीय रुपैयाँ र मोबाइल लुटेर उनीहरु भागेका थिए ।

यात्रुहरुले दिएको हुलियाको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ  ।  लुटपाटका क्रममा उनीहरुले बा ७ च ४८७६ नम्बरको रातो स्कारपीओ गाडी, ज १२ प ४६८० र बा ८६ प ९७७१ नम्बरको पल्सर मोटरसाइकल प्रयोग गरेका बताइएको छ ।

 पक्राउ परेकाहरुलाई डाँका मुद्दामा कारबाही प्रक्रिया अगाडि बढाइएको पहरीले बताएको छ । 

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...