1478958692 banner ad format

 
 

मलेखु (धादिङ) । सिद्धलेक गाउँपालिका–४ आरुबासस्थित कालीदेवी माध्यामिक विद्यालयमा विद्यार्थीमा अनौँठो समस्या देखा परेको छ । 

Historiesia

केही दिनदेखि एउटा छात्रा चिच्याएर कराउने र अर्ध बेहोस अवस्थामा लडेपछि एकपछि अर्को गर्दै अन्य विद्यार्थीमा पनि यस किसिमको समस्या आएको विद्यालयका प्रधानाध्यापक ढकबहादुर थापाले बताए । 

प्रधानाध्यापक थापाका अनुसार गत जेठ महिनामा समस्या देखिएपछि विद्यालय बन्द गरी अहिले पुनः सञ्चालन गर्दासमेत यस किसिमको समस्या दोहोरिएको र उचार गराउँदा पनि सम्भब नभएकाले एउटा गैरसरकारी संस्थाले मनोसामाजिक परामर्श पनि सञ्चालन गरेको थियो, त्यसपछि पनि विद्यार्थीमा यस किसिमको समस्या निरन्तर देखिएको थापाको भनाइ छ । 

विद्यार्थी कराउने चिटचिट पसिना निकाल्ने, काम्नेजस्ता लक्षण बिस्तार बिस्तार अन्य विद्यार्थीमा पनि निरन्तर देखिएकाले गाउँपालिका स्वास्थ्य संयोजक विष्णु रिजालले मास हिस्टेरियाको रुपमा देखा परेको समस्या समाधान गर्नका लागि विद्यालय र घरको वातावरण राम्रो हुनुपर्ने बताए । 

यस किसिमको समस्या देखिएका विद्यार्थीलाई मनोसामाजिक परामर्श आवश्यक हुने उनको भनाइ छ । यो समस्या ‘कन्भर्सन डिसअर्डर’ हो । 


विद्यार्थीलाई यस्तो समस्याबाट छुटकारा दिन विद्यालयले झाँक्रीसमेत लगाएको र केही दिनपछि पुनःविद्यालयमा झाँक्री लगाइने प्रधानाध्यापक थापाको भनाइ छ । 

प्रकासित मिति

Loading...

 

yummyfood