Hidden
गृहमन्त्रालयले शान्ति सुरक्षाको यथोचित प्रबन्ध मिलाइएको छ
काठमाडौं । गृहमन्त्रालयले मुलुकमा शान्ति सुरक्षाको यथोचित प्रबन्ध मिलाइएकोले त्रासको भ्रममा नपर्न आग्रह गरेको छ ।
सोमबार एक विज्ञप्ति जारी गर्दै गृहमन्त्रालयले भनिएको छ, "मुलुकमा शान्ति सुरक्षाको यथोचित प्रबन्ध मिलाइएकोले कुनै पनि भ्रममा नपरी नियमित क्रियाकलापमा सक्रिय रहन सबैमा हार्दिक अनुरोध गर्दै समाजमा हुने सबै प्रकारका गैरकानूनी एवं शान्ति विरोधी गतिविधिलाई सहयोग नगर्न नगराउन र समृद्ध नेपाल निर्माणको अभियानमा हातेमालो गर्न गृहमन्त्रालय आम नागरिकमा सविनय अनुरोध गर्दछ ।"
शान्ति प्रक्रियाबाट सबै समस्याको समाधान गर्ने व्यवस्थf हुँदा पनि सर्वसाधारण नागरिकको जिउधनमा सांघातिक आक्रमण गर्ने र भौतिक संरचनामा क्षति पुर्याउनमा क्रियाकलपाको गृहमन्त्रालयले भर्त्सना गरेको जनाएको छ ।
त्यसैगरी विस्फोटमा संलग्न १५ जनालाई नियन्त्रणमा लिइएको गृहमन्त्रालयले जनाएको छ ।
आइतबार भएका तीन स्थानको बम विस्फोटमा परी चार जनाको ज्यान गएको छ भने सात जना घाइते भएका छन् । मृत्यु हुनेमा विप्लव समूहकै कार्यकर्ता भएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रकासित मिति