64410326 481367302433956 2887940364927238144 n

चितवन । केही दिन यता तराइ क्षेत्रमा अत्याधिक मात्रामा बढिरहेको गर्मीको प्रभाव चितवनमा पनि परेको छ ।

शनिबार चितवनको तापक्रम ३८ डिग्री पुगेको छ । पछिल्लो केहिदिन बाट बढेको गर्मिको कारण यहाका नागरिकहरुको दैनिकीमा समेत परिवर्तन आएको छ । गर्मी अत्याधिक बढेकोले नियमित कामकाजमा समेत प्रभाव परेको छ ।

मौसम पूर्वानुमान महाशाखा अनुसार शनिबार देशको पुर्वी तथा मध्य भु भागमा आंशिक देखि सामान्य बदली रहने र पश्चिमी भु(भागमा आंसिक बदलि रहनेछ।


पूर्वी तथा मध्य भु(भागका केहि स्थानहरुमा र पश्चिमी भु(भागका एक वा दुई स्थानमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै शनिबार राति मौसम पूर्वानुमान महाशाखा अनुसार देशको पुर्वी भु भागमा सामान्य बदली रहि मध्य तथा पश्चिमी पहाडी भु भागमा आंसिक देखि सामान्य बदलि रहनेछ।

पूर्वी तथा मध्य भु भागका थोरै स्थानहरुमा र पश्चिमी भु भागका एक दुई स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...