1478958692 banner ad format

 
 

धुलिखेल । मुसलधारे पानी परेका कारण काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका वडा नं ५ का डोल्मो लामाको घर आज भत्किएको छ । 

local election kavre

बिहीबार राति परेको मुसलधारे पानीले घरको जगसम्म भिजेर माटो गलेका कारण घर भत्किएको पीडितले बताएका छन् । 

“राति ठूलो पानी परेर घरको जगसम्म पानीले भिजेर गलेको रहेछ, बिहान घर ढल्न थालेको भन्दै गाउँले सबैलाई टेको थाप्नका लागि सहयोग गर्नुप¥यो भनेर बोलाएका थिए” – स्थानीय काल्साङ लामाले भने  – “हामी पुग्दा घर भत्किसकेको रहेछ ।” 

लामाकाअनुसार घर भत्किँदा अन्नपात र भाँडाकुँडा सबै पुरिएको छ । घरको एकपट्टिको सबै भाग भत्किएका कारण करिब रु तीन लाख बराबरको क्षति भएको लामाले बताए ।

प्रकासित मिति

Loading...

 

yummyfood