1478958692 banner ad format

 
 

रुकुम । बाँफिकोट गाउँपालिका–६ जिप्सिङका लक्षिराम बुढाथोकीका घरमा आगलागी हुँदा उनकी पाँच वर्षीया छोरी डल्ली बुढाथोकीको जलेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 
house fire
बालिका घरभित्र एक्लै बसेको र परिवारका अन्य सदस्य काममा बाहिर गएका बेला घरमा आगलागी हुँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी नायब निरीक्षक सुरेन्द्रबहादुर स्वाँरले जानकारी दिए । आगो करिब एक घन्टापछि स्थानीयवासीले नियन्त्रणमा लिएका थिए । आगलागीबाट एक घर पनि पूर्ण रुपमा जलेर नष्ट भएको छ ।

प्रकासित मिति

Loading...

 

yummyfood