कञ्चनपुर  ।  भारतको उत्तराखन्डको रुद्रपुरबाट ६ जना नेपाली युवतीको उद्धार गरिएको छ ।

Human trafficking

पश्चिमीसीमा नाका गड्डाचौकी हुँदै वैदेशिक रोजगारको प्रलोभनमा पारी भारत पुर्‍याइएका सिन्धुपञ्लाचोकका युवतीको माइती नेपाल कन्चनपुरले सीमावर्ती बजार वनवासामा रहेको मानव बेचबिखनविरुद्धको इकाइको सहयोगमा उद्धार गरिएको हो ।

रुद्रपुर प्रहरीले शंका लागेर सोधपुछ गर्दा अवैधरूपमा दिल्लीबाट तेस्रो मुलुक पठाउन लागिएको भेटिएपछि मानव बेचबिखनविरुद्धको इकाइ र माइती नेपाललाई खबर गरेका थिए ।

युवतीका साथबाट भारतीय प्रहरीले राहदानी र अन्य वैदेशिक रोजगारसम्बन्धी कागजपत्रसमेत फेला पारेको छ ।

उद्धार गरिएका युवतीको उमेर २० देखि २५ वर्ष रहेको माइती नेपाल कन्चनपुरका संयोजक महेश्वरी भट्टले बताइन् । उद्धार गरिएका युवतीहरुलाई रुद्रपुरमै राखिएको छ ।

यसैबीच, मानव तस्करीमा संलग्न तीनजनाविरुद्ध भारतको रुद्रपुरस्थित अदालतमा मानवबेचबिखन विरुद्धको मुद्दा दर्ता गरिएको संयोजक भट्टले बताए । उनका अनुसार सिन्धुली टाँडीकी नानीमाया माझी, पर्साका विष्णु लोप्चन र सिन्धुपाल्चोकका सोमबहादुर गोलेविरुद्ध रुद्रपुरमा मुद्दा दर्ता गरिएको छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...