annapurna add

sahayak humla

चीनले नेपाली भू–भाग अतिक्रमण गरेको भनी ‘विवादास्पद अभिव्यक्ति’ दिएका हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले ‘गल्ती बोलें, क्षमा चाहन्छु’ भन्दै गृह मन्त्रालयलाई स्पष्टीकरण दिएका छन् ।

गृहले बुधबार हमाललाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो । गृहको प्रशासन महाशाखामा बिहीबार दिउँसो स्पष्टीकरण पत्र पठाउँदै उनले स्थानीयले भनेको कुरामा विश्वास गर्दा आफूबाट गल्ती भएको स्पष्टीकरणमा उल्लेख गरेका छन् ।

सहायक प्रजिअ हमालले नाम्खा गाउँपालिका–६ लिमीमा ११ नम्बर सीमास्तम्भ नै गायब भएको र चीनले एकतर्फी रूपमा भौतिक संरचना बनाएको भन्दै छानबिनका लागि स्थलगत प्रतिवेदन तयार पारी गृहमा पठाएका थिए ।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बूढाले दुई देशबीचको सम्बन्धमा नकारात्मक असर पुग्ने गरी अभिव्यक्ति दिएका कारण सहायक प्रजिअ हमाललाई स्पष्टीकरण सोधिएको बताए ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...