annapurna add

duri police

नेपाल प्रहरीको २८औं महानिरीक्षक (आईजी) चयन गर्न दुई दिन मात्रै बाँकी छ। सरकारकै नेतृत्वको मागसहित सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी भित्रको आन्तरिक द्वन्द्व उत्कर्षमा पुगेको छ। प्रधानमन्त्री र मन्त्रीहरु नै रहने–नरहने भन्ने तहको झगडा भइरहेका बेला प्रहरी प्रमुख चयन गर्ने विषयले प्राथमिकता नपाउने वा पछि धकेलिने पो हो कि भन्ने खतरा पनि बढेको छ।

दुई दिनपछि प्रहरीले नयाँ नेतृत्व पाउनु पर्नेमा मन्त्री र प्रधानमन्त्रीका बीचमा दूरी बढ्दै गएको छ। लामो समय पार्टीभित्रको कित्तामा नखुलेका गृहमन्त्री रामबहादुर थापा समेत गतसातादेखि प्रधानमन्त्रीको विपक्षी कित्तामा खुलेर लागेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्ने खेमाको भेलाहरुमै गृहमन्त्री थापा सहभागी भएका छन्।

प्रधानमन्त्री र गृह मन्त्रीबीच सौहार्द रुपमा परामर्श भई प्रहरी महानिरीक्षक (आईजी) तोक्ने संभावना देखिँदैन। जसका कारण दुईदिनमै महारिरिक्षकको नियुक्ती होला–नहोला भन्ने अड्कलबाजी सुरु भएको छ। असार २४ मा प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुर ज्ञवालीले अनिवार्य अवकास पाउँदैछन्। उनी बिदा हुने दिन निश्चित भएपनि उनीपछिको आईजीपी को हुने भन्नेबारे भने अन्यौल हुनसक्ने देखिएको छ।

आईजीका लागि अतिरिक्त महानिरीक्षकद्वय (एआईजी) शैलेश थापा क्षेत्री र हरिबहादुर पाल दावेदार छन्। पहिलो नम्बरका एआईजी तारिणीप्रसाद लम्साल ज्ञवालीसँगै अवकास पाउँदैछन्। त्यसैले आईजीका दावेदार दुई एआईजी मात्रै छन्।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...