annapurna add

IGP Thakur Gyawali

नेपाल प्रहरीको बिहीबार ८४ डीएसपीको पदस्थापन तथा सरुवा भयो। नयाँ बढुवा भएका ६० को पदस्थापन गरेको छ भने २४ जनाको सरुवा गरेको छ । तर ८४ डीएसपीको सरुवा गरेको प्रहरी प्रधान कार्यालयले साँझ पुनः ३ डीएसपीको काज सरुवा निकालेको छ । काजसरुवा भएका डीएसपीहरुमा इलाका प्रहरी कार्यालय गजुरी धादिङका विश्वराज खड्का, इलाका प्रहरी कार्यालय सिमराका दीपक श्रेष्ठ र इलाका प्रहरी कार्यालय कन्चनपुर सप्तरीका नरेश सिंह छन् ।आइजीपी ठाकुरप्रसाद ज्ञवालीले गृहमन्त्रालयलाई थाहै नदिई ३ डीएसपीको काजसरुवा निकालेको हो । केही घन्टाअघि भएको सरुवामै उनीहरुको नाम नहाली पुनः काजसरुवा गरिएको छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...