annapurna add

ilam mai programmनेपाल भ्रमण बर्ष २०२० अवसरमा अनेरास्ववियू गरुवा बहुमुखि क्याम्पसको आयोजना माई नगरपालिका भित्र रहेका पर्यटकीय स्थलको प्रचारप्रसार कार्यक्रमको औपचारिक उदघाटन माई नगरपालिका स्थित गरुवा बहुमुखी क्याम्पसमा सम्पन्न भएको छ ।

माई नगरपालिका भित्र रहेका पर्यटकिय स्थलहरुको फोटो राखिएको फ्लेक्स बनाइ जिल्लाको ५० स्थानमा राखेर माई नारपालिकाको पर्यटकिय स्थलको प्रचार गरिने छ ।

कार्यक्रम गरुवा बहुमुखी क्याम्पस अध्यक्ष पम्फा राईको अध्यक्षता तथा अनेरास्ववियू केन्द्रिय सदस्य सन्धि भक्त शंकर, नेकपा प्रदेश कमिटी सदस्य ध्रुव श्रेष्ठ, अनेरास्ववियू जिल्ला सह संयोजक बिपिन पोख्रेल, अनेरास्ववियू जिल्ला नेता मिलन खत्री, माई नगरपालिका प्रमुख दिपक थेबे, माई नगरपालिका उप प्रमुख बिष्णु माया आचार्य, माई नगरपालिका नेकपा अध्यक्ष धनकुमार लिम्बु, माई नगरपालिका नेकपा सचिव हेम लायो मगर, माई नगरपालिका वार्ड अध्यक्ष मुखराज आङदाम्बे, सुर्य दुलाल, गरुवा बहुमुखी क्याम्पस प्रमुख भुपाल अधिकारी, अनेरास्ववियू जिल्ला सदस्य गोपाल आचार्य, पुष्प चापागाईं लगायतको उपस्थिति रहेको अनेरास्ववियू जिल्ला कमिटी संयोजक प्रवेश पराजुलीले जानकरी दिए ।

कार्यक्रममा प्रमुख अथिती तथा नेकपा प्रदेश कमिटी सदस्य धुर्व श्रेष्ठले पर्यटन प्रवर्धनका लागि यो उदाहरणिय कार्य भएको भन्दै स्थानिय पर्यटन प्रवर्धनमा यसले ठुलो भूमिका खेल्ने बताए ।

कार्यक्रममा बोल्दै अनेरास्ववियू जिल्ला कमिटी संयोजक प्रवेश पराजुलीले  नेपाल विद्यार्थी संघ भ्रष्टाचारी  बचाउन सडकमा हिडिरहेको बताए ।

उनले भने "नेविसंघ भ्रष्टलाई जेल हाल्नु हुँदैन भन्दै सडकमा आन्दोलन गर्दैछ, हामी भ्रमण वर्षको प्रचार गर्दैछाैँ  यहि फरक हो हामी  र अरु संगठनमा ।"

अनेरास्ववियू केन्द्रिय सदस्य सन्धि भक्त शंकरले पर्यटन प्रवर्धनमा  नगरले पनि सक्दाे सहयाेग गर्नु पर्ने भन्दै यहाँकाे उदाहरण देशभरी अनुकरणीय बन्नु पर्नेमा जाेड दिए ।

कार्यक्रमका वक्ताहरुले  नेपाल भ्रमण वर्षलाई सबैले आफ्नो ठाउँबाट सक्दो सहयोग गर्दै स्थानिय पर्यटन प्रवर्धन गरी सफल बनाउन र आफ्नो ठाउँ साथै देशलाई विश्व सामु चिनाउन लागि पर्नु पर्ने धारणा राखेका थिए ।

 

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर