भारतका अधिकांश स्थानमा यतिखेर गर्मीले मानिसहरु अजित छन् । तर सियाचेनमा भने जाडो यति बढेको छ कि, तापक्रम माइनस ६० डिग्री पुगेको छ । यस्तोमा सियाचेनमा सीमा सुरक्षामा खटिएका भारतीय सैनिकले सेयर गरेको भिडियो सामाजिक सन्जालमा भाइरल बनेको छ । भिडियोमा तीन जना सैनिकहरु अण्डा, जुसको बोत्तल, आलु हतौडाले फोडिरहेको देखिन्छन् । रोचक त के छ भने चार–पाँच पटक हतौडाले हान्दा पनि अण्डा फुट्दैन । सामाजिक सन्जालका भारतीय प्रयोगकर्ताले देशको सीमा रक्षाका लागि सैनिकहरु त्यस्तो चीसो ठाउँमा खटिएको भन्दै प्रशंसा गरेका छन् । 

याे पनि पढ्नुहाेस् - नेपाली कांग्रेसभित्र अनुशासनको कुरा जोडदार रुपमा उठेको छ । पार्टीका केन्द्रीय नेताहरूले नै साधारण कार्यकर्ता र जिल्लाका नेताहरूसँग कसरी बोल्ने भन्ने विषयमा प्रश्न उब्जिएको छ । सहमहामन्त्री डा.प्रकाशशरण महतले केन्द्रीय नेता र सांसदहरूलाई अपमान हुने गरेर अभिव्यक्ति दिन थालेपछि पार्टीमा अनुशासन र बोलि व्यवहारको कुरा उठेको हो । नेपाली कांग्रेसको राजनीतिमा सहमहामन्त्री डा.महत भन्दा सिनियर नेताहरु धेरै छन् ।

आफूभन्दा धेरै सिनियर नेताहरूलाई डा.महतले होच्याएर बोलेको भनेर सभापति शेरबहादुर देउवा, उपसभापति विजयकुमार गच्छदार, महामन्त्रीद्वय पूर्णबहादुर खड्का र डा.शशांक कोइराला समक्ष उजुरी परेको कांग्रेस स्रोत बताउँछ ।

सहमहामन्त्री डा.महतले सभासद, पूर्वसांसद, पार्टीका केही केन्द्रीय सदस्य, पूर्व केन्द्रीय सदस्य, पूर्वमन्त्री, जिल्ला सभापति र भ्रातृ संस्थाका नेताहरूलाई ‘तिमी’ भनेर सम्बोधन गर्ने गरेका छन् । आफूभन्दा जुनियर वा समकक्षीलाई ‘तिमी’वा ‘तँ’भन्ने गरिन्छ । तर, सहमहामन्त्री डा.महतले आफूभन्दा सिनियर नेताहरूलाई ‘तिमी’ भन्न थालेपछि पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई अनुशासनको पाठ सिकाउनु पर्ने भन्दै मौखिक उजुरी परेको हो ।

४–५ महिना अगाडि नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.चन्द्र भण्डारीले नेपाली कांग्रेस ईलामका जिल्ला सभापति हिमाल कर्माचार्यलाई अपमान गरेका थिए । केन्द्रीय सदस्य भण्डारीले सभापति कर्माचार्यलाई फोनमा ‘कता छौ हिमाल ?’ भनेर सोधेका थिए । उमेर र राजनीतिक हिसावले ईलाम कांग्रेसका सभापति कर्मचार्य नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काका समकक्षी हुन् । आफू भन्दा सिनियर नेतालाई केन्द्रीय सदस्य भण्डारीले दम्भ देखाउँदै ‘कता छौ हिमाल ?’ भनेपछि अनुशासनको कुरा उठेको थियो ।

केन्द्रीय सदस्य भण्डारीले फोनमा गरेको अपमान ईलामका सभापति कर्मचार्यलाई सैह्य भएन । उनले पनि ‘को हो त्यही सेतै फूलेको चन्द्र भण्डारी हौ !’ भनेर जवाफ फर्काएका थिए । ईलाम कांग्रेसका सभापति कर्मचार्यले केन्द्रीय सदस्य भण्डारीलाई पनि ‘तिमी’ भनेर सम्बोधन गरेपछि भण्डारीले फोन काटेको स्रोतले जनाएको छ । कुरा त्यतिमा मात्रै सीमित रहेन । उनले यो कुरा पार्टी सभापति शेरबाहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसम्म पुर्‍याए । केन्द्रीय सदस्य भण्डारीलाई सभापति देउवा र वरिष्ठ नेता पौडलले केही भनेका छैनन् । तर, केन्द्रीय सदस्यहरूमा पलाएको दम्भले पार्टीमा अनुशासन र अनादरको कुरा व्यापक रुपमा हुन थालेको छ ।

पार्टीभित्र अनुशासनहीनताको कुरा अलिक धेरै उठेको छ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीभित्र अनुशासन भएन भने संगठन चल्नन सक्ने बताउँछन् । ‘नेपाली कांग्रेसमा आफूभन्दा जेठो वा आफूभन्दा माथिल्लो पदमा रहेको नेतालाई ‘दाई’ भन्ने चलन छ’, उनले भने,‘दाई भन्ने चलनमा आफ्नै खालको मीठास छ । तर, कुनै नेताले होच्याएर बोल्छ भने त्यो राम्रो कुरा होइन । बोल्न सिक्नुपर्छ । कसैलाई पनि अनादर गर्नु हुँदैन ।’

नेपाली कांग्रेसलाई सहि बाटोमा हिडाउने हो भने अनुशासनको विषयलाई महत्व दिनुपर्ने नेताहरुको भनाई छ । प्रवक्ता शर्माले भने,‘अहिलेको समयलाई बुझेर अगाडि बढ्नुपर्छ । राजनीतिक दल वा नेपाली कांग्रेस भनेको आफैमा अनुशासन हो । अनुशासन हामी आफैले कायम गर्ने हो । अरुले अनुशासन गरिदेला र बनौँला भन्ने सोच्नु नै गलत हो ।’

केही समय अगाडि नेपाल तरुण दलभित्र पनि अनुशासनको संकट देखिएको थियो । अनुशासनहीताको विषय यतिसम्म माथि उठ्यो कि महासचिव भुपेन्द्रजंग शाहीलाई कारबाही गरेर तरुण दलबाट हटाउनु नै प र्‍यो । शाहीले नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा समेत लिखित स्पष्टीकरण दिनुपरेको छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर