annapurna add

Jackal Animalnews kantipathमहेश सिंह , सिरहा १९ कार्तिक - सिरहाको लहान नगरपालिका वडा नम्बर ४ मा मंगलवार बिहान बौलाहा स्यालकाे टोकाइबाट १६ जना घाइते भएका छन् । एक दिनमै १६ जनालाइ टोकेपछी पुरै गाउँ मै आतंकित भएकाे छन । 

सिरहा र सप्तरीको सिमाना पर्ने बलान खोलाको शिशुगारीबाट निसकेको बौलाहा स्यालले लहान नगरपालिका ४ कुमहालटोल मा १६ जनालाई टोकेपछि गाउँ नै त्रसित बनेकाे छ।

एकाबिहानै गाउँका महिला र पुरुषहरूले सौचका लागी घर बाहिर निस्केको मानिसहरुलाई सेतो रंगको बौलाहा स्यालले टोकेपछी दर्जनौं महिला र पुरुष घाइते भएका छन् ।  घाइते हुनेमा ७० बर्षिय रामबालक पण्डित ,४५ बर्षिय सोनाई मेस्तर , ५ बर्षिय मो. रेहान , ५५ बर्षिय गुलाबदेवी महतो घाइते भएका छन्।

समान्य रहनेमा संन्जुदेवी महतो , प्रदीप महतो,सुरज कुमार दास,नन्दनी मेस्तर ,रबिना कुमारी मेस्तर,संजीव कुमार दास लगायतका मान्छेहरु रहेका वडा अध्यक्ष रामनाथ पण्डितले बताए । 

ईलाका प्रहरी कार्यालय लहानका डिएसपी भेश राज रिजाल र सशस्त्र क्यामप लहानका सस्त्रका डीएसपी अर्जुण साप्कोटा सूचना पाए लगत्तै घटना स्थल पुगेका थिए ।

घाइते सबै जनाको लहान अस्पतालमा उपचार भई रहेको अस्पताल प्रमुख सुनिल कुमार कुशवाहाले बताए ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...