annapurna add

gafgafga

आज असार ३१ गते जनयुद्धका सहिदहरु भरत ढुंगाना, दिलकाजी कार्की, इन्दिरा थापा, विष्णु प्रसाद चौलागाइ र बैकुण्ठ पोखरेलले सहादत प्राप्त गरेको दिन । जनयुद्धको क्रममा तत्कालीन ने.क.पा माओवादीका कार्यकर्ता भएका कारण तत्कालिन साहि सत्ताले बिभिन्न मितिमा यहि दिन उनिहरुको हत्या गरेको थियो । श्रीमान श्रीमति समेत रहेका खोटाङका दिलकाजी कार्की र इन्दिरा थापाको एकैदिन एकैसाथ २०५९ साल असार ३१ गते खोटाङको टुवा खोला भन्ने ठाउँमा गिरफ्तार गरेर लामो यातना पछि हत्या गरेको थियो ।

त्यस्तै रामेछापका विष्णुप्रसाद चौलागाइको पार्टीको जिम्मेवारी निर्वाह गर्ने क्रममा २०६० साल असार ३१ गते हत्या भएको थियो । नुवाकोटका भरत ढुंगाना र बैकुण्ठ पोखरेलको पनि असार ३१ गतेकै दिन भिन्न भिन्नै ठाउँमा २०६१ सालमा हत्या भएको थियो ।

जनयुद्धको क्रममा ठुलो संख्यामा देशभरका मान्छेहरुले सहादत प्राप्त गरेका थिए । त्यहि बलिदानको जगमा आज देशमा गणतन्त्र आएको छ तर ति सहिदहरुलाइ न राज्यले राष्ट्रिय सहिद घोषणा गरेको छ न त्यहि पार्टीले यो विषयलाइ दमदार रुपले उठाएको छ ।

उहाँहरुले परिवार भन्दा मुक्ति प्यारो भनेर हामीलाइ सानैमा छाडेर युद्धमा होमिनु भयो । उहाँहरुको यो बलिदानीलाइ न पार्टीले गन्भिरताका साथ लियो न राज्यले सम्मान ग¥यो । फर्किएर उहाँहरु परिवारमै आउनु भएको छ अब हामी परिवारका सदस्यले पनि उहाँहरुलाइ नसम्झने हो भने कसैले नसम्झने स्थिति भएको छ । यो ज्यादै दुःखद कुरा हो तर हामीलाइ विश्वास छ फेरी देशले परिवर्तन मागेपछि देशले बलिदानको महत्व अवस्य बुझ्ने छ हामी हाम्रो जिवन उहाँहरुको सन्तति भएको नाताले उहाँहरुको बलिदानको महत्व स्थापना गर्ने कुरामा व्यातित गर्ने छौँ । सहिद पुत्र जटिल कार्कीले भने ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर