1478958692 banner ad format

 
 

जाजरकोट । यहाँको बारेकोट गाउँपालिकाको लिम्सा स्वास्थ्य चौकीमा औषधिको अभाव देखिएको छ । लिम्सा स्वास्थ्य चौकीले माग गरेअनुसारको औषधि जिल्ला स्वास्थ्य कार्यालयले उपलब्ध नगराउँदा औषधि अभाव भएको हो । 

Jarakot lack of medication

दैनिक बिरामीको संख्या बढे पनि औषधि नहुँदा औषधि पसलमा गएर खरिद गरेर लिन बाध्य भएको रोकाय गाउँका प्रेम बुढाले बताए। 

दैनिक ४० भन्दा बढी बिरामी उपचारका लागि आउने गरे पनि औषधि नहुँदा औषधि पसलकै भर परेको बुढाले बताए । स्वास्थ्य चौकीमा सिटामोलसम्म नभएको उनले बताए । 

अहिले यस क्षेत्रमा सिजनल भाइरलको समस्याले अधिकांश स्थानीयवासी बिरामी भएका छन् । विभिन्न तालीमको बहानामा स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी कमै बस्ने स्थानीयवासीको आरोप छ । 

यता स्वास्थ्य चौकीले ढुवानी गर्न समस्या र जिल्ला स्वास्थ्यले माग गरेअनुसारको औषधि पठाउन नमान्दा अभाव झेल्नुपरेको जनाएको छ । औषधि नहुने स्वास्थ्यमा गएर उपचार गर्नुभन्दा औषधि पसलमा गएर उपचार गर्नेको संख्या ठूलो भएको स्थानीय सञ्चारकर्मी कालीप्रसाद थापाले बताए । 

लिम्सा बारेकाट गाउँपालिकाको सबैभन्दा ठूलो स्वास्थ्य संस्था हो । कानको उपचार गर्न पुगेको कालीप्रसाद थापाको कानको उपचारका लागि आवश्यक पर्ने उपकारण नहुँदा मोबाइलको सहाराले कानको भित्री भाग हेरिएको थियो । 

स्रोत र साधनको अभावमा यहाँको स्वास्थ्य चौकी समस्यामा पर्दै आएको छ । अप्रभावकारी सञ्चार सेवादेखि जनशक्ति, उपकारणको अभावमा दुर्गमका स्थानीयवासीले समस्या खेप्दै आएका छन् ।

प्रकासित मिति

Loading...

 

yummyfood