1478958692 banner ad format

 
 

काँकडभिट्टा (झापा) । झापाको अर्जुनधारा नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा नेकपा एमाले विजयी भएको छ । 

UML won palpa rampur

एमालेका हरि राना १३ हजार ८७९ मत ल्याएर प्रमुखमा निर्वाचित भए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका हेमराज खरेलले नौ हजार ६४१ मत प्राप्त गरेका छन् । 

त्यसैगरी, उपप्रमुखमा एमालेका कमला आचार्य १२ हजार ८३१ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकाका उम्मेदवार सरस्वती सिटौलाले १० हजार ५७९ मत प्राप्त गरे ।

एघार वडा रहेको अर्जुनधारामा आठवटामा एमाले विजयी भएको छ । एमालेबाट वडा नम्बर १ मा गजाधर खतिवडा एक हजार १७५, वडा नं २ मा रघुनाथ खनाल ९५७, वडा नं ४ मा दुर्गाप्रसाद दाहाल एक हजार ११८, वडा नं ५ मा ध्यानबहादुर भारती एक हजार १६४, वडा नं ६ मा लोकनाथ गौतम ७८८, वडा नं ९ मा पुष्पकुमार प्रसाईं एक हजार २२९, वडा नं १० मा बलदेवसिंह गोम्देन एक हजार १७८ र वडा नं ११ मा भैरवबहादुर खड्का एक हजार ४८९ मतसहित विजयी भएका छन् । 

बाँकी तीनवटा वडामा नेका विजयी भएको छ । नेकाबाट वडा नं ३ मा जीवनकुमार भण्डारी एक हजार २२७, वडा नं ७ मा नवराम ढुङ्गाना ९४२ र वडा नं ८ मा गोपीचन्द्र गौतम ९७४ मतसहित विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । झापामा यसअघि नै सबै गाउँपालिका र नगरपालिकाको परिणाम आइसकेको छ ।

प्रकासित मिति

Loading...

 

yummyfood