jhapa boomझापाको बिर्तामोडमा चलिरहेको एनसेल मेलामा शंकास्पद वस्तु फेला परेको छ । मेला प्रवेश गर्ने मुल गेटमा रहेको शंकास्पद कालो झोलामा बम हुन सक्ने भन्दै  सुरक्षा कडा बनाइएको छ ।

उक्त झोला रहेको स्थानदेखी १ सय मिटर वरपरको  क्षेत्र खाली गरेर आवतजावत बन्द गरिएको छ । शंकास्पद बस्तु बम भएको या नभएको पुष्टि हुन सकेको छैन यद्यपि बमको झोला भेटिएको भन्दै  मेला आउने सर्वसाधारण  त्रसित भएका छन् । झोलामा बिप्लप समुहले बम राखेको हुन सक्ने शंकाका आधारमा चारआलीबाट सेनाको डिस्पोजल टोली बोलाइएको प्रहरीले जनाएको छ  । थप विवरण आउन बाँकि छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर