बनियानी, झापा - बिर्तामोडमा जारी कफ्र्यु आज राति ९ बजेदेखि सोमबार बिहान ९ बजेसम्मका लागि हटाइने भएको छ । 

Surunga Jhapa min

इलाका प्रहरी कार्यालय अनारमनीमा आज साँझ आयोजित पत्रकार सम्मेलनमा प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले १२ घण्टाका लागि कफ्र्यु हटाइएको जानकारी दिए  । प्रजिअ तिवारीले भने, “भोलि अवस्था हरेर कफ्र्यु लगाउने÷नलगाउने विषयमा थप निर्णय गरिनेछ ।” 

शुक्रबार मध्याह्नदेखि बिर्तामोडको स्थिति तनाबग्रस्त भएपछि यहाँ कफ्र्यु लगाइएको थियो । पश्चिम चारपाने चोक, पूर्व बसपार्क, उत्तर महानन्द चोक र दक्षिण बिर्ताबजारलाई चार किल्ला कायम गरी प्रशासनले कफ्र्यु लगाएको थियो । 

त्यस्तै, सोही पत्रकार सम्मेलनमा झापा अर्जुनधारा–११ का ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको मृत्यु प्रकरणबारे गृह मन्त्रालयको उच्चस्तरीय छानबिन टोलीले अनुसन्धान प्रारम्भिक चरणबाट अघि बढेको जनाएको छ । 

टोलीका संयोजक गृहका सहसचिव वीरेन्द्रकुमार यादवका प्रारम्भिक चरणमा तथ्यांक संकलनमा टोली खटेकाले अनुसन्धानको विषय टुङ्गिन केही समय लाग्ने बताए । उनले टोलीको अनुसन्धानलाई सहयोग गरिदिन सबैसँग आग्रह गरे । 

“अहिले अनुसन्धान प्रारम्भिक चरणको तथ्यांक संकलनमा केन्द्रित छ”, उनले भने “सबै कुराको अध्ययन अनुसन्धानपछि मात्र निष्कर्षमा पुग्छौँ ।” 
––– 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...