1478958692 banner ad format

 
 

सुरुङ्गा (झापा) । झापाको बाह्रदशी गाउँपालिका–६मा रहेको ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थल कञ्चनगढको अस्तित्व संकटमा परेको छ । 

Jhapa Kanchangadh 2

बाह्रदशी सामुदायिक वन आसपासको निजी जमिन खनेर माटो बिक्री गर्न थालेपछि कञ्चनगढको अस्तित्व संकटमा परेको हो । केही समयअघिसम्म कञ्चनगढ आसपासको सार्वजनिक जग्गासमेत कटान गरेर माटो इँटाभट्टालाई बिक्री गर्ने गरिएको थियो । सो कार्य भने अहिले स्थानीयवासीको चर्काे विरोधपछि रोकिएको छ । तर, निजी जग्गाको माटो कटान गरेर बिक्री गर्दा भूक्षय हुन सक्ने भन्दै स्थानीयवासीले विरोध जनाइरहेका छन् । माटो दिनानुदिन कटान गरेर बिक्री गर्दा अग्लो डाँडो भत्कने भन्दै त्यस्तो कार्य रोकिनुपर्ने गौरीशंकर शिवालय गायत्री स्वरुपाश्रमका अध्यक्ष मधुराम पनेरु बताउछन्। 

समुद्री सतहबाट ३०० मिटर उचाइमा रहेको कञ्चनगढमा शिवालय मन्दिर, दुर्गा, काली एवं श्रीकृष्णको मन्दिरसमेत रहेको छ । यहाँ प्रत्येक वर्ष शिवरात्रि, बालाचतुर्दशीमा मेला लाग्ने गर्छ । अग्लो भूभागमा मठ मन्दिर रहेको र वरिपरिको जमिन कटान गरेर माटो बिक्री गर्दा टापूमा परिणत भएको कञ्चनगढ आसपासको जमिन भत्किन थालेपछि मन्दिर र अन्य पुरातात्विक सम्पदाको विनाश हुने भन्दै बाह्रदशी आसपासको जमिन कटान बन्द गर्नुपर्ने माग गर्दै सर्वसाधारणले बाह्रदशी गाउँपालिकालाई ज्ञापनपत्र बुझाएका छन् । 

महाभारतको विराट पर्वमा, श्रीस्वस्थानी व्रतकथा र श्रीमद्भागवतको अष्टम स्कन्धमा यहाँको चर्चा भएको पाइन्छ । जसअनुसार समुद्र मन्थनका क्रममा भगवान् शिवले हलाहल विषपान गरी मोहनी नाम गरेकी सुन्दरीसँग सम्भोग गरेपछि वीर्य पतन हँुदा उक्त स्थानको निर्माण भएको र वीर्य पतन सँगसँगै सुनचाँदी, हीरामोती आदिसमेत पतन भएको किंवदन्ती रहेको यस स्थानमा विसं १९९० तिर एक साधुले कुटी बनाएर बसेकाले यस स्थानलाई साधुकुटीसमेत भन्ने गरिएको छ । 

साधुकुटी नामले परिचित यो स्थान वरिपरिको माटो कटान गर्दै त्यहाँ आसपास रहेका इँटाभट्टालाई माटो बिक्री र खोलाबाट नदीजन्य सामग्री निकाल्न बन्द हुँदा त्यहाँको माटो पुरुवाका लागि समेत बिक्री हुने गरेको अध्यक्ष पनेरुले बताए । दैनिक दर्जनभन्दा बढी टिपरले यहाँको माटो कटान गर्दै अन्यत्र लैजाँदा ऐतिहासिक महत्व बोकेको यो स्थान अस्तित्व संकटसँगै कुरुप हुँदैछ । 

साधुकुटीमा गौरीशंकर शिवालय गायत्री स्वरुपाश्रमसमेत निर्माण गरिएको छ । यहाँ आवाससहितको वटुकका लागि अध्ययन गर्ने व्यवस्था मिलाइएको छ । जनस्तरबाट आर्थिक स्रोत जुटाएर लामो समयदेखि यहाँ बटुकलाई राखेर शिक्षा प्रदान गरिँदै आइएको छ । 

यहाँको अर्काे विशेषता भनेको गौरीशंकर शिवालय मन्दिरकै छेउमा झण्डै २०० वर्ष पुरानो एक वृक्ष छ । हाँगाबाट जरा पलाएर सो वृक्ष झांगिएको छ । ब्रम्हानिष्ट १००८ स्वामी डा रामानन्द गिरीजस्ता विद्वान्ले पदार्पण गरेको यस स्थान तीन बिगाह १८ कट्ठा क्षेत्रफलमा फैलिएको छ । १८औँ शताब्दीतिर यो स्थान पत्ता लगाएका एक साधुले अलौकिक वृक्षको फेदमा त्रिशूल गाडी धुनी जगाई बसेको वृक्ष अझै पनि रहेको मानिँदै आएको छ । 

विसं १९९३ मा नापी भएपछि ठाना र बजारको समेत यहाँ व्यवस्था थियो । तर, २००७ सालको क्रान्तिपछि यहाँका कार्यालय सारिएका थिए । ऐतिहासिक र पौराणिक महत्व बोकेको यो ठाउँको माटो दिनानुदिनको कटानले गर्दा वातावरणमा समेत असर परेको स्थानीयवासीले बताएका छन् । उनीहरुले यो स्थानको संरक्षका लागि जुटिदिन सबैलाई आग्रहसमेत गरेका छन् । 

प्रकासित मिति

Loading...

 

yummyfood