manoj gajurel jiban sharma kantipathnewsकाठमाडौं : जनगायक जीवन शर्माका छोरा अहिले ‘जीवन-मृत्युसँग संघर्ष गरिरहेका छन्। जीवनभरि जनताका गीत गाउँदै हिँडेका उनै बाबु जीवन छोराको जीवन बचाउने उपाय खोज्दै अस्पतालमा टोलाइरहेका छन्।

जीवनका छोराको उपचारका लागि सहयोगी हात अघि बढिरहेका छन्। तर सम्पत्ति केही होइन, जनता नै सबै हुन् भन्दै हिँड्नेको नियति कस्तो हुन्छ भन्ने ज्वलन्त उदाहरण बनेका छन्।


उनै जनगायक जीवन शर्मासँग काँधमा काँध मिलाएर जनता जगाउँदै हिँडेका चर्चित हाँस्यव्यंग्यकार मनोज गजुरेल अहिले उस्तै उदास छन्। सम्पत्तिको पछि नलागी कम्युनिष्ट पार्टीको सिद्धान्त शिरोपर गरेर हिँडेका जीनव शर्माका छोराले जीवन-मृत्युबीच संघर्ष गरिरहँदा कम्युनिष्टकै सरकारले पनि बेवास्ता गरेकोमा उत्तिकै उदास छन्।

जीवनको बिरामी छोरो बचाउन सहयोग अभियान पनि चलाइरहेका उनै मनोज गजुरेलले शुक्रबार राति मनछुने धारणा फेसबुकमा पोखे। उनले सुरूमै लेखेका छन्, ‘कम्युनिष्ट भनेका जोगीजस्तै हुन् ! तिनको नीजि सम्पती र नीजि स्वार्थ हुँदैन! सम्पूर्ण जीवन देश र जनतामा समर्पित गर्छन् ! जसरी जोगीको घरबार हुँदैन, त्यसैगरी कम्युनिष्टको पनि दरबार हुंदैन !


भन्थे- कम्युनिष्ट भनेको जोगीजस्तै हुन् ! तिनको नीजि सम्पती र नीजि स्वार्थ हुँदैन ! सम्पूर्ण जीवन देश र जनतामा समर्पित गर्छन् ! जसरी जोगीको घरबार हुँदैन त्यसैगरी कम्युनिष्टको पनि दरबार हुंदैन !....

तर, देख्छु- यी सबै दन्त्यकथामात्र हुन् जो पुस्तकमा मात्र पाईन्छन् । मरेपछि स्वर्ग पुगिन्छ भनेर ज्युंदै मर्न सिकाउने अन्धविश्वास र क्रान्तीपछि मुक्ति पाईन्छ भन्दै लड्न पठाउने सिद्धान्तमा केही फरक छैन...
...अहिलेको युवा जुन राजनैतिक शक्तीको पछि लाग्छ, त्यो कुनै बादको ठेली पढेर वा सिद्धान्त मन पराएर वा त्यही नै अन्तिम सत्य ठानेर अंगालेको हैन । बाबु कम्युनिष्ट भएकाले छोराहरु कम्युनिष्टमा लागेका होलान् ! श्रीमान् कांग्रेस भएकाले श्रीमती कांग्रेस बनेकी होलिन् ! आशा, निरासा, अपेक्षा, सुरक्षा आदी ईत्यादिका कारण हामी यो वा त्यो पार्टीको नजिक वा टाढा भएका हौं ।...
...अहिले जन गायक जीवन शर्माको अवस्था हेरे पुग्छ । सधैंभरी जनताको गीत गाएर हिंड्ने जीवनले सम्पती छोराहरुलाई दिएर हिंडे । आफ्नो भन्नु केही छैन । छोराहरुको अवस्थापनि झण्डै त्यस्तै छ । ...‘वास्तविक सर्वहारा’ जीवनका छोरा अहिले जीवन मरणको दोसांधमा छन् । उपचार गर्न धौ धौ छ...
...उपचारको क्रममा आधा डुबी सकेकाछन्, निको भएपनि नभएपनि रिणमा पुरै डुब्दैछन्...
...के आदर्शको राजनीति गर्नु भनेको यसरी नै डुबान क्षेत्रमा पस्नु हो त ?...
...यो त चिनिएका जीवनको कथा भयो, दुरदराजका हजारौं गुमनाम जीवनहरुब आर्दशको राजनीति गर्दागर्दै रोगी बनेकाछन् । जोगी बनेका छन् । सिद्धान्तले भोको पेट नभरिने निष्कर्षमा पुगेकाछन् ।...
...अंग्रेजीमा स्नातोकोत्तर गरेका जीवन शर्माले चाहेको भए सुबिधा सम्पन्न जीवन बांच्न र बँचाउन सक्थे तर, जनताको साथ रोजे, नीजि सम्पती छाेडे, कतै ब्यवसाय गरेनन् , अहिले फुट्या कौडी छैन तरपनि गंभीर बिमार छोरोको हात सुम्सुम्याउंदै जीवन भन्छन्–‘मलाई बिश्वास छ, जीवन हुञ्जेल मृत्यु आउँदैन !


प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...