Journalist Arjun Bohara kantipathnewsकाठमाडौं । पत्रकार अर्जुन बोहोरालाई उपचारको लागि न्यूरो अस्पतालमा भर्ना गरिएको छ । नेपाल पत्रकार महासंघ हुम्ला शाखाका अध्यक्ष समेत रहेका बोहोरा थप उपचारको लागि काठमाडौँंमा थिए ।

पत्रकार बोहोरा केही दिनदेखि नसा समस्याका कारण थला परेका थिए । हिटडुल र बोलचान गर्न नसक्ने अवस्थामा रहेका बोहोरालाई काठमाडौंको बाँसबारीस्थित न्यूरो अस्पतालमा भर्ना गरिएको हो ।

हुम्लास्थित रेडियो कर्णाली आवाजका प्राविधिक प्रमुख समेत रहेका बोहोरा विभिन्न राष्ट्रिय मिडियाको हुम्ला संवाददाताको रुपमा क्रियाशील थिए ।

विगत जनयुद्धको क्रममा युद्ध पत्रकारिता समेत गरेका बोहोराको उपचारमा आर्थिक अभाव भएको परिवारले जनाएका छन् । आर्थिक अभावकै कारण अस्पताले दिने सबै सेवा समेत उपलब्ध हुन सकेको छैन ।

श्रमजीबी पत्रकार बोहोराको उपचारको लागि सहयोग गर्न पत्रकारहरुले सबैलाई अपील समेत गरेका छन् ।

यसैबीच बोहोराको उपचारको लागि ‘एक हजार’ अभियान सुरु भएको छ । पत्रकार देविराम देवकोटाले आफूले एक हजार सहयोग गरेर अभियान सुरु गरेका हुन् । सोही अभियानमा सहभागी भएर पत्रकार दिपेन्द्र रावल, डोटीका पत्रकार कर्ण चन्दले पनि एकहजारको घोषणा गरेका छन् ।

सक्नेले बढी पनि गर्न सक्छन् तर सबै श्रमजीबी पत्रकारले एकहजार दिन सक्ने भएकोले अभियान थालिएको देवकोटाले बताए ।

बोहोराको लागि गरेको सहयोग रकम राष्ट्रिय बाणिज्य बैंक, शाखा कार्यालय हुम्लामा विष्णु बोहोराको नाममा रहेको खाता नम्बर ४१९०००४९२७१० मा जम्मा गर्न सकिने देवकोटाले जानकारी दिएका छन् ।

 

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...