1478958692 banner ad format

 
 

पर्सा । समाचार लेखेकै आधारमा सञ्चारकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारबाहीको माग गर्दै नेपाल पत्रकार महासङ्घ पर्सा शाखाले आज वीरगन्जमा जलुस प्रदर्शन गरेको छ । 
Journalist manhandled
शाखाका उपाध्यक्ष अनुप तिवारीमाथि साङ्घातिक आक्रमण गर्दै दुव्र्यवहार गर्ने दोषीलाई कारबाहीको माग गर्दै महासङ्घले वीरगन्जमा जुलुस निकालेको हो । घन्टाघर चोकबाट निकालिएको जुलुस माईस्थान, महावीरस्थान, आदर्शनगर, मीना बजार हँुदै पुनः घन्टाघर चोकमै पुगी कोणसभामा परिणत भएको थियो । 

कोणसभामा शाखाका अध्यक्ष श्याम बन्जाराले सामाचार लेखेकै कारण पत्रकार तिवारीमाथि भएको आक्रमण तथा दुव्र्यवहारजस्तो कार्य निन्दनीय भएको बताए । 


यही जेठ २२ गते राति वीरगन्जको छपकैयामा खाजा खाइरहका तिवारीमाथि आक्रमण गर्ने वीरगन्ज निवासी सुजित गिरी, एजाजबाबु राँकी र कृष्णा चौरसियालाई कारबाही गर्न निवेदन दिइएको छ ।

प्रकासित मिति

Loading...

 

yummyfood