annapurna add

काठमाडाैं । पत्रकार जितेन्द्र महर्जनलाई प्रहरीले पुन: प्रकाउ गरेकाे छ ।

jiten maharjan

नेपाल भाषाको पत्रिका न्हुगु जोजोलोपाका प्रधान सम्पादक तथा रेडियो मिर्मिरेका कार्यक्रम सन्चालक महर्जनलाई मंगलवार प्रहरी प्रशासनले नियोजित ढङ्गबाट पक्राउ गरेको प्रति नेपाल पत्रकार महासंघकाे गम्भीर ध्यानाकर्षण भएको महासंघका केन्द्रिय सदस्य जन्मदेव जैसीले कान्तिपथलाई बताए ।

यस्तै राष्ट्रिय दलित पत्रकार संघ काठमाडौँ उपत्यका कमिटीका उपाध्यक्ष गणेश विकले पत्रकार महर्जनलाई तत्कालै विनासर्त रिहाइ गर्न जोडदार माग गरेकाे छ ।

पत्रकार महर्जनलाई किर्तिपुरको नयाँबजारबाट मंगलवार अपरान्ह पक्राउ गरेको पारिवारीक श्रोतले कान्तिपथलाई जानकारी दिए ।

महर्जनलाई हाल महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ ।

पत्रकार महर्जनलाई किन र के कारणले पक्राउ गर्यो भन्नेबारे जानकारी हुन नसकेको पारिवारीक श्रोतले जनाएको छ ।

यसअघि चैतमा पनि उनलाई विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको नेता भन्दै पक्राउ गरेको थियो ।

नेपाल पत्रकार महासंघ, क्रान्तिकारी पत्रकार महासंघ लगायतका सन्चारसम्बद्ध बिभिन्न संघसंगठनको दबाबपछि महर्जनलाई रिहा गरिएको थियो ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर