1478958692 banner ad format

 
 

जुम्ला । स्थानीय तहका दुर्गम वडाहरुमा कार्यरत यहाँका महिला स्वास्थ्यकर्मी नै छुई गोठमा बस्न बाध्य छन् । 

chui partha min


ग्रामीण स्वास्थ्य चौकीमा कार्यरत महिला स्वास्थ्यकर्मी सेवा प्रवाहका क्रममा छुई हुँदा सेवाग्राही नै उपचार सेवा लिन मान्दैनन् । छुई भएका बेला सेवाग्राहीहरु सेवा लिन नमान्ने र कार्यरत संस्थामा बस्ने वातावरण नहुँदा आफूलाई समस्या हुँदै आएको तिला गाउँपालिका–९ राँसामालापानी स्वास्थ्य चौकीका अनमी सरिता सेजुवालले जानकारी दिए । 

 यो पीडा तिला गाउँपालिकामा आयोजित स्वास्थ्य संस्थाको वार्षिक प्रगति समीक्षा कार्यक्रममा सार्वजनिक गरेका हुन्  । 

“छुई हुँदा गाउँका कसैले छुन मान्दैनन् । घरमा बस्न पनि मिल्दैन र भेडी गोठमा सुत्नुपर्छ”, दुखेसो पोख्दै अनमी सेजुवालले भनिन  । “शारीरिक स्वास्थ्यमा आउने समस्याबाट बचाउन सकियोस् भनेर सदरमुकाम खलंगाको संस्थामा गइन्छ, तर समुदायले स्वास्थ्यकर्मी नै स्वास्थ्य संस्थामा बस्दैनन् भनेर आरोप लगाउँछन्”, उनले थपिन  । छुई हुँदा घरमा बस्ने अवस्था नहुँदा त्यो अवधिमा संस्था छोड्नु परेको उनको भनाइ छ । 

गाउँमा विद्यमान सामाजिक कुप्रथा ‘छुई’ मान्ने चलन कायमै रहेकाले त्यसको सिकार गाउँका महिला मात्र होइन, स्वास्थ्यकर्मी महिला नै पीडामा छन् । बेलाबेलामा भएका छुई प्रथाविरुद्धको अभियानले सडक छेउका बस्तीमा परिवर्तन देखिए पनि दुर्गम बस्तीका समुदायलाई यो अभियानले छुन सकेको छैन । 

जिल्लामा महिला तथा बालबालिका कार्यालय जुम्लाको नेतृत्वमा पाँचवर्षीय सामाजिक कुप्रथा ‘छुई’ अन्त्यको रणनीतिक योजना निर्माण भएको छ । 

परम्परागतरुपमा जरा गाडेको संस्कार आजै निर्मूल नहुने र योजना कार्यान्वयनमा आए त्यसले राम्रो प्रभाव पार्ने महिला विकास अधिकृत गोमा प्रसाईं बताउनुहुन्छ । तथापि विगतभन्दा यो प्रथा छोड्नेको संख्या बढ्दै गएको उनको दाबी छ । 

यता तिला गाउँपालिकाका अध्यक्ष रतननाथ योगीले यो संस्कार पूर्णरुपले निराकरण नभए पनि विस्तारै घटाउनतर्फ स्थानीय सरकार लागिपरेको बताए । 

उपाध्यक्ष विष्णु बुढाले यो प्रथाको न्यूनीकरणका लागि दुर्गम वडाबाट छुई प्रथाविरुद्धको सामाजिक अभियान सञ्चालन गर्ने वचन दिए । यद्यपि जिल्लामा ५० प्रतिशत महिला स्वयंसेविका पनि छुई प्रथा मान्दै आएको स्थानीयवासी बताउँछन् ।

प्रकासित मिति

Loading...

 

yummyfood