1478958692 banner ad format

 
 

धनगढी । गएरातिदेखि परेको अविरल वर्षाका कारण नदीमा पानीको सतह बढ्दा कैलालीका अधिकांश भू–भाग डुबानमा परेका छन् ।

Kailali rainfall min

पूर्व–पश्चिम राजमार्गमा पर्ने घोडाघोडी नगरपालिका–१० घुम्नीभाकलमा कान्द्रा नदीको पानी पस्दा करिब १ सय ५० घरधुरी डुबानमा परेका छन् भने करिब ७० भन्दा बढी घरधुरीमा क्षति पुगेको छ ।

सो क्षेत्रमा २०६४ असोज ४ गते आएको बाढीले राजमार्ग नै बगाएको थियो भने सयौं घरधुरी डुबानमा परेका थिए ।

Kailali rainfall1 min

कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले डुबानमा परेका स्थानीयहरुलाई सुरक्षित रहन आग्रह गरेको बताउँदै नेपाल रेडक्रस सोसाईटी, ईलाका प्रशासन कार्यालय सुखड र प्रहरीको सहयोगमा उद्धार जारी रहेको बताए । उनले डुबानका कारण सो क्षेत्रमा दर्जनौं पशुचौपायाको मृत्यु भएको समेत बताए ।

स्थानीयहरुले मरेको पशुचौपायाका कारण रोग लाग्न सक्ने भन्दै प्रशासनलाई सो क्षेत्रबाट मरेका पशुचौपाया हटाउने व्यवस्था मिलाउन आग्रह गरेका छन् ।

प्रकासित मिति

Loading...

 

yummyfood